Friday , September 24 2021
Breaking News
Home / आर्थिक / डिस्क ब्रेक सहित टीभीएसको सबैभन्दा सस्तो बाइक आयो बजारमा, मुल्य नै ६५ हजार

डिस्क ब्रेक सहित टीभीएसको सबैभन्दा सस्तो बाइक आयो बजारमा, मुल्य नै ६५ हजार

माइलेजको साथमा २०२१ स्टार सिटी प्लस बाइक आएको छ । यसमा ईकोट्रस्ट फ्युल इन्जेक्सन टेक्नोलोजीको साथमा अपडेट गरिएको छ । सो टेक्नोलोजीको कारणले पुरानो मोडलको तुलनामा नयाँ बाइकले १५ प्रतिशत बढी माइलेज दिन्छ । नयाँ बाइकमा एलईडी हेडल्याम्पको साथमा युएसबी मोबायल चार्जर पनि समावेश गरिएको छ ।

नयाँ स्टार सिटी प्लस बाइक रेड ब्ल्याक ड्युअल टोन कलर स्किमको साथमा उपलब्धरहेको छ । कम्पनीका अनुसार २०२१ एडिसनमा आइपुग्दा स्टार सिटी प्लसले १५ वर्षको यात्रा पुरा गरेको छ र ३० लाख भन्दा बढी ग्राहकको बीचमा लोकप्रिय बाइक बनेको छ ।

स्टार सिटी प्लस २०२१ एडिसनमा ११० सीसी, सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ७३५० आरपीएममा ८.०८ बीएचपीको अधिकतम पावर र ४५०० आरपीएममा ८.७ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ४ स्पिड गियरबक्स समावेश गरिएको छ । साथै सो बाइकको टप स्पिड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क र ५ स्टेप एडजस्टेबल रियर सक उपलब्ध रहेको छ । बाइकमा १७ इन्चको ह्वील र ट्युबलेस टायर रहेको छ । सो बाइकको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ ।

नयाँ स्टार सिटी प्लस बाइकको स्ट्यान्डर्ड मोडलको फ्रन्ट र रियरमा ड्रम ब्रेक रहेको छ । सो बाइकको एक्स शोरुम मूल्य ६५ हजार ८६५ भारु रहेको छ । सो बाइकको डिस्क ब्रेक भेरिएन्ट २ हजार ६ सय भारु मात्र महंगो रहेको छ ।

About admin

Check Also

महङ्गो भयो भान्सा: दाल र तेलको मुल्य सोच्नै नसकिने गरी एकासी ह्वात्तै बढ्यो

काठमाडौ. । दैनिक उपभोग्य खाद्यवस्तुको निरन्तर मूल्यवृद्धि भइरहेको छ । पछिल्लो समय बाढीपहिरोले उत्पादन र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *