Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / ४० बर्षमा लागेकी हिम्मतवाली रेखा थापाका यस्ता छन् रोचक किस्सा !

४० बर्षमा लागेकी हिम्मतवाली रेखा थापाका यस्ता छन् रोचक किस्सा !

अभिनेत्री रेखा थापा ४० मा वर्ष लागेकी छन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी हुन् ।रेखाको पछिल्लो समय चलचित्र क्षेत्रमा अभिनेत्री, निर्माता र निर्देशकको परिचय बनेको छ । फिल्म क्षेत्रमा उनलाई हिरोको, हिम्मतवाली भनेर समेत चिन्ने गरिन्छ ।

मोरङ जिल्लाको सलकपुर, जुन सुनसरीको इटहरीभन्दा १० किलोमिटर पूर्वमा पर्छ । त्यही ठाउँमा बुबा प्रेम थापा र आमा सरस्वती थापाका ५ सन्तानमध्ये कान्छी छोरीका रूपमा जन्मिएकी हुन् रेखा ।चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी रेखाले हालसम्म धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

नेपाली रजतपटमा केही वर्ष ‘नम्बर वान हिरोईन’ को उपाधी कब्जा गर्न सफल रेखालाई बाठी केटी पनि भन्छन् ।डेढ दशकअघि एसएलसी दिएर घुम्नका लागि काठमाडौ आएकी थिईन् । त्यहि बेला नमस्ते नेपालका सञ्चालकद्धय छविराज ओझा र नरेश पौडेल नयाँ फिल्म ‘हिरो’ का लागि हिरोईनको खोजीमा थिए ।

सञ्चालकद्धय पौडले र ओझासँगको पहिलो संवाद नै उनका लागि फलिफाप भयो । ‘हिरो’मा सहायक हिरोईनको भूमिकामा देखिएकी रेखाले सोही फिल्मका निर्माता छविराज ओझाको जीवनमा भने मुख्य भुमिका निर्वाह गरिन् ।उनका मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, कस्ले र्चोयो मेरो मन, हिम्मतवाली, किस्मत, तथास्तु, मालिका, लगायतका चलचित्र सफल मानिन्छन् ।

२ सय हाराहारी चलचित्र अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् । धेरै हिट फिल्म दिएकी उनले हिराइनको कारणले पनि फिल्म चल्न सक्छ भनेर देखाउँदै हिरोको एकाधिकार समेत तोडेकी छिन् ।पत्रकारसँगको बिवाखदेखि प्रचण्डसँग नाचेर समय समयमा विभिन्न कारणले चर्चा रहने अभिनेत्री रेखा अहिले भने एक्लो छिन् ।

केही वर्ष अगाडि निर्माता छविराज ओझासँग छुट्टिएर उनी एक्लै रहँदै आएकी हुन् ।चलचित्र क्षेत्रमा अभिनेता राजेश हमालदेखि निखिल उप्रेती, बिराज भट्ट, आर्यन सिग्देल लगायत धेरै अभिनेतासँग काम गरेकी रेखाको कुनैपनि हिरोसँग राम्रो सम्बन्ध लामो समय रहन सकेन ।

स्टारडमको घमन्ड गर्दै सबैसँग सम्बन्ध बिगारेकी रेखा पछिल्लो समय सम्बन्ध सुधार्नतिर लागेकी छन् ।चलचित्र क्षेत्रमा स्टारडम खस्कँदै जान थालेपछि राजनीति रोजेकी रेखा तत्कालीन समयमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग कम्मर मर्काउँदै माओवादी छिरेकी थिइन् ।

त्यसपछि उनी कमल थापाको विचार मनपर्यो भन्दै राप्रपा प्रवेश गरिन् । अहिले कमल थापा छोडेर उनी राप्रपाका अर्का नेता पशुपतिशमशेर राणा समूहतिर ढल्किएकी छन् ।यता र उता भौतारिने शैलीले उनको राजनीतिक करियर भने उभो लाग्न सकेको छैन ।

उनीसँगै राप्रपा छिरेकी गायिका कोमल ओली भने अहिले एमालेकी सांसद छिन् । केही अगाडि सरकारसँग वार्ता गर्दै शान्ति प्रक्रियामा आएका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँगै तस्बिर खिचाएको कारणले उनी चर्चामा छाएकी थिइन् ।

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *