Monday , October 18 2021
Breaking News
Home / राजनिति / देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा (नामावलीसहित)

देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा (नामावलीसहित)

काठमाडौँ– सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिबको सरुवा गरिएको हो । सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उनीहरुको सरुवा गरेका हुन् । सहसचिबहरुलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।

विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मंगलबारको सरुवामा २९ जना सहसचिवहरुलाई प्रदेशमा सरुवा गरिएको छ भने एकजना सहसचिवलाई फाजिल अर्थात् जगेडामा राखिएको छ ।

कसलाई कुन प्रदेशमा खटाइयो ? बद्रीराज ढुङ्गाना, गण्डकी प्रदेश दिवेश मणि त्रिपाठी, सुदूरपश्चिम प्रदेश अणप्रसाद न्यौपाने, कर्णाली प्रदेशवैकुण्ठ प्रसाद अर्याल, गण्डकी प्रदेश दीपक शर्मा, गण्डकी प्रदेश हरि बहादुर केसी, गण्डकी प्रदेश रामानन्दन तिवारी, प्रदेश नम्बर १ नम्रता सिंह, प्रदेश नम्बर २ डा. शान्ता कार्की, लुम्बिनी प्रदेश

डा. शरण कुमार पाण्डे, बागमती प्रदेश मदन सिंह धामी, सुदूरपश्चिम प्रदेश मोहनराज चापागाई, प्रदेश नम्बर १ अशोक कुमार साह, बागमती प्रदेश गणेशराज वस्ती, कर्णाली प्रदेश अमृत श्रेष्ठ, लुम्बिनी प्रदेश प्रेम कुमार सिंह, प्रदेश नम्बर २ रुद्रसिंह तामाङ, बागमती प्रदेश कालीप्रसाद पराजुली, प्रदेश नम्बर १

ज्ञानेन्द्र पौडेल, गण्डकी प्रदेश यमलाल भुसाल, बागमती प्रदेश शिवराम न्यौपाने, बागमती प्रदेश सुमन दाहाल, प्रदेश नम्बर १ खोमराज कोइराला, लुम्बिनी प्रदेश धनीराम शर्मा, बागमती प्रदेश जितेन्द्र बस्नेत, लुम्बिनी प्रदेश गजेन्द्र कुमार ठाकुर, प्रदेश नम्बर २ झक्क प्रसाद आचार्य, कर्णाली प्रदेश सागर आचार्य, गण्डकी प्रदेश स्किम श्रेष्ठ, बागमती प्रदेश

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गरिरहेका रामबन्धु सुवेदीलाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ ।

त्यसैगरी प्रदेश नम्बर २ को खानेपानी तथा उर्जा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव रामआधार साहलाई भने संघको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत रहने गरी फाजिल अर्थात् जगेडामा राखिएको छ । साह गएको असार ३१ गतेमात्रै त्यहाँ सरुवा भएर गएका थिए । सरुवाको सूची

About admin

Check Also

राष्ट्रपतिले प्रचण्ड पत्नी सीतालाई किन दिइन् पदक ?

काठमाडौ । संविधान दिवसका अवसरमा राष्ट्रपतिवाट विभुषित हुने र पदक पाउनेहरुको नाम सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *