Sunday , September 19 2021
Breaking News
Home / प्रमुख समाचार / मासिक तलब हाल ४० हजार तीन सय ८० रुपैयाँ बुझ्ने ओलीका पूर्व पिएसओको करोडौंको बंगला

मासिक तलब हाल ४० हजार तीन सय ८० रुपैयाँ बुझ्ने ओलीका पूर्व पिएसओको करोडौंको बंगला

काठमाडौं । नेपाल प्रहरीका डिएसपीको मासिक तलब हाल ४० हजार तीन सय ८० रुपैयाँ छ । तलबबाट धेरै प्रहरी अधिकारीलाई घर धान्न, छोराछोरी पढाउन गाह्रो छ । तर, यति नै तलब खाने कतिपय अधिकृतले भने काठमाडौंमै करोडौंका महल ठड्याएका छन् ।

त्यसमध्ये एक हुन् डिएसपी सन्तोष तामाङ । जसले हालै करिब १० करोड मूल्य बराबरको घर बनाएका छन् । ललितपुरको झम्सिखेलमा रहेको उनको पाँच तले घर देखेर उनका समकक्षी समेत चकित हुने गरेका छन् । आनाको करिब करोड रुपैयाँ पर्ने झम्सिखेलमा उनले सात आना जग्गामा रिसोर्ट शैलीमा भव्य भवन बनाएका छन् ।

एक सामान्य प्रहरी अधिकृतले यस्तो भव्य घर कसरी बनाउन सफल भए ? स्रोत भन्छ–प्रहरी आवरणमा डिएसपी तामाङले अ’वैध गतिविधि गर्दै आएका छन् ।झापा घर भएका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा समेत सम्पत्ति जोडेको स्रोत बताउँछ ।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनी ओलीका पिएसओ थिए । त्यही कारण रसुवाको प्रहरी प्रमुख हुने अवसर पाए । रसुवामा हुँदा सुन त’स्कर स’मूहसँग मिलेर त’स्करीको लाइन खुलाएर उनले मोटो रकम कमाएको स्रोत बताउँछ ।त्यसो त उनी आफैं पनि ठेक्कापट्टाको काममा संलग्न छन् ।

ठमेलमा गु’न्डागर्दी गर्ने उमेश लामासँगको सा’झेदारीमा उनले ठे’क्कपट्टा गर्दै आएका छन् । उमेश लामा र डिएसपी तामाङको श्रीमतीको नाममा पबित्रा मल्टिपल जेभी र भण्डार फो’टुङग नामक कम्पनी रहेको स्रोत बताउँछ । तिनै कम्पनीमार्फत उनी ठेक्कापट्टामा सं’लग्न छन् ।

साथै अ’वैध गतिविधिमा संलग्न स’मूहसँग उनको साँठगाँठ रहेको स्रोत बताउँछ ।यो त एउटा प्रतिनिधि घटना मात्र हो । नेपाल प्रहरीमा यसरी रातारात करोडपति बन्नेहरुको संख्या ठूलो छ । तल्लो तहका प्रहरीहरु तलबबाट परिवार पाल्नै नपुगेपछि राजीनामा दिएर पलायन भइरहेका बेला ठूला नेतानिकट प्रहरी अधिकृतहरु भने पदको दु’रुपयोग गरेर यसरी रातारात सम्पत्ति जोडिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिको छानबिन नै गर्न छाडेकाले पनि यसरी कमाउनेहरुको मनोबल बढेको छ । भन्न त ओली आफैँले भ्रष्टाचारीको मुखै हेर्दिन पनि भने, तर आफ्नै पिएसओ भ्रष्ट भएको उनले पत्तै पाएनन् । दृष्टि साप्ताहिकबाट

About admin

Check Also

रित्तो हात स्वदेश फर्किईन एमसीसी उपाध्यक्ष फातिमा

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताका विषयमा नेपालको ठोस निर्णय लिन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *