Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / करिश्माले १२ कक्षाको परीक्षा दिन जाँदाजाँदै यसो भनिन्…

करिश्माले १२ कक्षाको परीक्षा दिन जाँदाजाँदै यसो भनिन्…

काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी करिब ३ लाख ७४ हजार परिक्षार्थीहरुमध्येकि एक हुन्, चर्चित अभिनेत्री करिश्मा मानन्धर । बिहानको सिमसिमे झरीमा छाता ओढेर परीक्षा हलतर्फ लम्किँदै गर्दा उनी हाम्रो क्यामरामा कैद भइन् ।

मुखमा मास्क र कलेज ड्रेसमा भएकाले अरू परीक्षार्थीभन्दा फरक देखिइनन् करिश्मा । होमसेन्टरका रूपमा रहेको गोदावरीस्थित किटिनी माविमा छिर्नुअघि उनले गेट बाहिर टाँसिएको सूचनामा आफ्नो सिट नम्बर चेक गरिन् । अनि प्रवेशपत्र देखाउँदै भित्र छिरिन् ।

परीक्षाहल भित्रै उनको तस्वीर खिच्न जान खोजेका सञ्चारकर्मीलाई भने अनुमति दिइएन । परीक्षा दिन जानुअघि करिश्माले हामीसितको छोटो कुराकानीमा यसपाली राम्रो तयारी गर्न नपाएको गुनासो सुनाइन् ।

‘म योचोटि अलि धेरै व्यस्त भएँ । इन्टेक्सको व्यापार भर्खरै सुरु गरेको अनि मुन्द्रेको कमेडी क्लवको सुटिङ पनि परेकाले पढाइमा धेरै समय दिन सकेको छैन । तैपनि राम्रै हुन्छ भन्ने अपेक्षा छ,’ उनले भनिन् ।

करिश्माले मेजर इंग्लिस लिएर आर्ट्स पढिरहेकी छन् । अब ८ गतेसम्म आफूले कुनै पनि कार्यक्रम नराखेको र पढाइमै फोकस हुने उनले सुनाइन् । ‘यो वर्ष हामी कलेज नै जान पाएका छैनौं, त्यसैले प्राक्टिसको कमिले परीक्षामा लेख्न अलि स्लो होला कि जस्तो लागेको छ,’ उनले भनिन् ।

परीक्षाअघि कत्तिको डर लागेको छ ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डर भन्दा पनि अलिक बेचैनीजस्तो भएको छ । आज राति तीनपटक निद्राबाट बिउँझिएँ ।’ उनले आफूसँगै १२ कक्षामा सहभागीहरुलाई शुभकामना दिएकी छन् ।

‘सबै मेरा भाइबहिनीहरुलाई परीक्षा राम्रो होस भनेर शुभकामना दिन चाहन्छु । धेरै प्रेसर महसुस नगर्नुस । सबै प्रश्नहरुको उत्तर दिने प्रयास गर्नुस,’ उनले भनिन् ।-नेपाल प्रेस

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *