Thursday , October 28 2021
Breaking News
Home / रोचक / काठमाडौंका पुरुष बे’श्याको कमाई : एकपटक सेवा गरेको १० देखि २५ हजारसम्म

काठमाडौंका पुरुष बे’श्याको कमाई : एकपटक सेवा गरेको १० देखि २५ हजारसम्म

पु’रुष यौ’न व्यवसायीले एकजना महिलालाई सन्तुष्टि दिलाएबापत एकपटकको १० हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको सम्बद्ध संस्थाहरुको भनाइ छ ।

एक अध्ययनका अनुसार पछिल्लो समय संगठित रूपमा नै पु’रुष यौ’न व्यवसायीहरू सक्रिय भएका छन् । भने उनिहरुले सरदरमा १० देखी २५ हजार दैनिक कमाई गर्ने बताइएको छ ।

बेरोजगारीका कारण पु”रुष यस्तो व्यवसायमा सक्रिय भएको पाइएको छ । उनीहरूले विदेशमा गएका नेपालीका श्रीमती, आर्थिक रूपमा सम्पन्न परिवारका महिला, लाहुरेका श्रीमती तथा एकल महिलालाई मुख्य नि’शाना बनाएर मायाजालमा फ’साउनेदेखि ग्राहक बनाउने गरेको पाइएको छ ।

अझ त्यस्ता समुदायका कतिपय महिलाले मसाज सेन्टर, बार तथा रेस्टुरेन्ट, होटेल, क्यासिनो तथा म’ हिला यौ’न व्यवसायीमार्फत पु’ रुष यौ’न व्यवसायी खोज्ने गरेका छन् ।

पुरुष व्यवसायीका ग्राहक आर्थिक रूपमा सम्पन्न परिवारका हुने भएकाले उनीहरूले अन्य सेवासुविधासमेत पाउने गर्छन् ।केही ब्यक्तिको भनाइअनुसार उनीहरूलाई आवश्यक पर्ने पकेट र मोबाइल खर्चदेखि सपिङका लागि पैसा समेत महिला ग्राहकले दिने गरेका छन् ।

अन्य समाचार : महिलाहरुको शरीरमा किन आउँछ (स्ट्रेच माक्र्स) सेता धर्सा ? यस्तो छ खास कारण ! अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ ।

शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पर्न पुग्छन् । सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् । आखिर के हुन् यी सेता धर्सा ? किन आऊँछ ? छालारोग चिकित्सकहरू यसो भन्छन् :

के हुन् सेता धर्सा ?
शरीरका विभिन्न भागमा छालामा देखिने सेता धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले चिनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्ट्रिया’ भनिन्छ । नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनको वरिपरिका छालामा यस्ता धर्सा देखिन्छन् । कतिपयमा राता धर्साहरू देखिने गरे पनि अधिकांशमा सेता धर्सा नै देखिन्छ । यो समस्या धेरैजसो महिलामा देखिने गरेको भए पनि पुरुषमा पनि नदेखिने भने होइन । ७० प्रतिशत महिलामा देखिन्छ भने पुरुषमा ३० प्रतिशत देखिने गरेको पाइएको छ ।

सेता धर्सा आउने कारण
शरीरमा सेता धर्सा आउने कारण विभिन्न छन् । केही रोगका कारण पनि यस्ता धर्सा आउने गरेको पाइन्छ । तर, अधिकांशमा आउने कारण भने एउटै छ । त्यो हो, छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो समयमै मोटोपन घट्नु।

बच्चा जन्माइसकेका महिलाको शरीरमा सेता धर्सा बढी देखिनुको प्रमुख कारण यही हो । बच्चा पेटमा हुँदा शरीर अत्यधिक मोटाउने र छाला तन्किने गर्छ । बच्चा जन्मिसकेपछि तन्किएको छाला एक्कासि खुम्चिन पुग्छ । यसबीचमा छालामा सेता धर्का बनिसकेका हुन्छन् । अत्यधिक तन्किँदा छालाको भित्री भागका रेसाहरू फाट्न पुग्छन् । यतिवेला छालाको माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यति नै वेला सेता धर्साहरू जन्मिन्छन् । यस्तो बेला छाला धेरै कन्याउादा धर्साहरु झनै बढी देखिन सक्छन् ।

युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।

लक्षण र उपचार
‘स्ट्रेच माक्र्स’ हुनुअघि कुनै पनि लक्षण देखिँदैन । यस्तो समस्या आउन नदिन पूर्वज्ञान लिएर विशेष अवस्थामा सचेत हुने नै हो । व्यायाम र खानपिनमा ध्यान दिँदै शरीर सन्तुलित बनाउने नै हो । बेलैमा सचेत भए सेता धर्साहरूको समस्या निम्तिँदैन । त्यसो त यस्ता सेता धर्सा कुनै रोग भने होइन । शारीरिक स्वास्थ्यमा यसले कुनै असर पुर्‍याउँदैन । तर, सौन्दर्यका लागि भने यो घातक देखिन्छ । विभिन्न मस्चराइजरको प्रयोगले यस्ता धर्सा मेटाउने पनि गरिन्छ । लेजर गरेर पनि हटाउन सकिन्छ ।

About admin

Check Also

नदी बगरमा ३ जोडीबीच सहमतिमा शा’रीरिक सम्बन्ध, ५ जना थपिँदा घटनाले लियो अर्कै मोड

काठमाडौं: प्रहरीले सा’मूहिक ब,’लात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। असोज ३० गते ३ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *