Thursday , January 27 2022
Breaking News
Home / समाचार / रुपन्देहीमा सीताको रहस्यमय मृत्य

रुपन्देहीमा सीताको रहस्यमय मृत्य

धेरैजसो घटनामा श्रीमान्‌को अनुपस्थिति वा असहयोगी व्यवहार मुख्य कारक देखिँदै आएको छ। यसरी मृत्युवरण गरेकामध्ये अधिकतर घरभित्रकै काममा सीमित हुनुपर्ने, स्वतन्त्रताको अभ्यास गर्न नपाउने र आर्थिक रुपमा अरुको मुख ताक्नुपर्ने परिबन्दमा परेका बुहारी छन्।

दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएकी रुपन्देही तिलोत्तमा–८ मणिग्रामस्थित माइती भएकी २७ वर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा र’हस्य’मय मृत्यु भएको छ । उनले उक्त नगरपालिका–५ घर भएका ४३ वर्षीय टीका पौड्यालसँग विवाह गरेकी थिइन् । सीताको आफ्नै घरको कोठामा रहस्यमय मृत्यु भएको थियो ।

प्रहरीले सीताका श्रीमान् टीका र आमाजू विष्णुलाई पक्राउ गरेर देहत्याग दुरुत्साहनमा मुद्दा चलायो। तर, सीताको मृत्यु ‘शं’का’स्पद’ भन्दै फेसबुकमा ‘जस्टिस फर सीता भण्डारी’ ह्यासट्याग चलिरहेको छ। महिला अधिकारकर्मी र माइती पक्षले सीताको न्यायका निम्ति धर्ना र जुलुस जारी राखेका छन्।

बुहारीहरूको शं’का’स्पद मृत्युमा श्रीमान् र परिवारबाटै हुने यातनासँगै सम्पत्तिको लोभ पनि जोडिने गरेको देखिन्छ। २०७७ असार २ मा हेटौंडाकी २२ वर्षीया सुस्मिता थापाको शव घरमै फेला पर्‍यो। ससुरा प्रकाश थापा र नन्द सीता थापा पक्राउ परे । घटनाको ६ महिनाअघि सुस्मिताका पतिको सवारी दुर्घटनामा मृत्यु भएको थियो। प्रहरी अनुसन्धानले छोराको मृत्युपछि प्राप्त हुने बिमा रकमको लोभमा परिवारका सदस्यले सुस्मिताको हत्या गरेको देखाएको छ।

धेरैजसो घटनामा श्रीमान्को अनुपस्थिति वा श्रीमान्को असहयोगी व्यवहार मुख्य कारक देखिँदै आएको छ। यसरी मृत्युवरण गरेकामध्ये धेरैजसो घरभित्रकै काममा सीमित हुनुपर्ने, स्वतन्त्रताको अभ्यास गर्न नपाउने र आर्थिक रूपमा अरूको मुख ताक्नुपर्ने परिबन्दमा परेका बुहारीहरू देखिन्छन्।

रौतहट गुजरा नगरपालिका–८ मा २०७५ माघ दोस्रो साता १८ वर्षीया राहनी खातुनको रहस्यमय मृत्यु भयो। परिवारका सदस्य नै भागेपछि माइती पक्षले उनीहरूले नै हत्या गरेर फरार भएको आरोप लगायो। उनका श्रीमान् अजहरुद्दिन एक वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कतारमा थिए। राहनीको मृत्युपछि उनका माइतीले ससुरा सोहेब मिया दर्जी र सासू सेरातुन खातुनले ज्यान लिएको आरोप लगाए।

यस्तै, घटना २०७५ वैशाख १९ मा काभ्रेको चौरी देउरालीमा पनि देखियो। १८ वर्षीया विपना ढकालको मृत्यु आफ्नै ससुरा पदमलाल चौलागाईंले कारण भयो। घर झ’ग’डा च’र्कंदै गएका बेला ससुरा उनीमाथि जा’इ’ला’गेका थिए। घटनाका बेला विपनाका श्रीमान् घरमा थिएनन्।

यस्ता शं’का’स्प’द मृत्युका घटनामा माईती पक्षले देखाएर देहत्याग दु’रुत्सा’हनको घटनामा मुद्दा दर्ता गर्ने क्रम भने बढेको छ। यस्तो सक्रियताले बुहारीले घरभित्र भोगिरहेका अनेक घटनालाई सतहमा ल्याएको छ। शं’का’स्प’द मृत्युका घटनालाई कानुनी अनुसन्धानको दायरामा पनि खिचेको छ।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.