Thursday , January 27 2022
Breaking News
Home / समाचार / कार्ड छापेर बेहुली बनिसकेकी संगिताले आखिर किन सलमानसंग विवाह गर्दिन भनिन् ? बल्ल खुल्यो रहस्य

कार्ड छापेर बेहुली बनिसकेकी संगिताले आखिर किन सलमानसंग विवाह गर्दिन भनिन् ? बल्ल खुल्यो रहस्य

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानको विवाहको चर्चा अहिले पनि चलिरहन्छ । ५० वर्ष नाघेका उनी अहिले पनि अविवाहित छन् । यद्धपी उनको जिवनमा धेरै युवतीहरु आए । ब्यवसायीक जिवनमा निकै सफल सलमान ब्यक्तिगत जिवनमा भने प्रेम पाउन असफल भए । उनका जिवनमा आएका युवतीहरु अहिले विवाह गरेर खुसीको जिवन विताइरहेका छन् ।

धेरै फ्यानहरुलाई उनले कहिले विवाह गर्छन् भन्ने चासो आज पनि उत्तिकै रहेको छ । तर, कुनै समय सलमान खानको विवाह लगभग भइसकेको थियो । कार्ड समेत बनिसकेको थियो । विवाहको मिति तोकेर कार्ड पनि छापिसकेको अवस्थामा उनीसंग विवाह गर्न ठिक्क परेकी युवतीले विवाह अस्वीकार गरिन् ।

सन् १९९४ मा आफ्नी प्रेमिका संगिता बिजलानीसँग विवाह गर्ने तयारीमा रहेका थिए । उनीहरु लामो समय प्रेममा थिए । विवाहका लागि कार्ड समेत छापिएको थियो तर, संगिताले अन्तिम समयमा विवाह गर्न नसक्ने भन्दै सलमान खानलाई आश्चर्यजक जबाफ दिएपछि मिडियामा पनि हंगामा भयो ।

अन्तिम अवस्थामा विवाह इन्कार गर्नुको पछाडी सलमानको अन्य युवती प्रतिको आकर्षण पनि थियो । संगिताले सलमानलाई धोका दिएको आरोप लगाइन् । सलमान खानको जीवनमा सोमा अली खानको प्रवेशले उनीहरुको विवाह पनि दरार आएको थियो ।

सलमानसंग विवाह गर्दिन भनेकी संगिताले क्रिकेटर अजहरद्दिनसँग विवाह गरिन् । तर, सन् २०१० मा उनीहरुबीच डिभोर्स भयो । हाल उनी सिंगल रहेकी छन् । सामाजिक सञ्जालमा एक्टिभ रहने उनी सलमान खानसँग राम्रो स म्ब न्ध आज पनि रहेको बताउँदै आइरहेकी छन् । उनीहरुका फ्यानले फेरी एक पटक एक हुन पनि सुझाव दिने गरेका छन् ।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.