Monday , October 18 2021
Breaking News
Home / अन्तरास्ट्रिय / अन्तरिक्षमा ९० दिन बसेर पृथ्वी फर्किए तीन चिनियाँ यात्री

अन्तरिक्षमा ९० दिन बसेर पृथ्वी फर्किए तीन चिनियाँ यात्री

काठमाण्डाै – अन्तरिक्षमा ९० दिन बसेन तीन चिनियाँ यात्री पृथ्वी फर्किएका छन् । चीनको अहिलेसम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् ।

पृथ्वीभन्दा तीन सय ८० किलोमिटर (दुई सय ४० माइल) माथि रहेको चीनले बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वी फर्किएका हुन् ।चिनियाँ अन्तरिक्षयात्रीहरू न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो हिजो बिहीवार शन्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए ।

यी तीन चिनियाँ अन्तरिक्षयात्रीले आज शुक्रवार स्थानीय समयअनुसार दिउँसो १ः३५ मा भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् । त्यही ठाउँबाट गएको जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो ।यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखिने बीबीसीमा उल्लेख छ ।

अन्तरिक्ष केन्द्रमा रहँदा ती तीन अन्तरिक्षयात्रीले पृथ्वीमा डाटा पठाउने प्रयोग गर्ने र घण्टौँसम्म अन्तरिक्षमा हिँड्ने गरेका चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ । सन् २०१९ मा चीनले चन्द्रमाको पृष्ठभागमा मानवरहित एउटा सानो अन्तरिक्षयान पठाएको थियो ।

About admin

Check Also

कच्याक कु’चुक परेको सर्ट आइरन पनि नगरी लगाएर मोदीलाई भेट्न पुग्ने व्यक्ति को हुन् ?

काठमाडौं। प्रतिष्ठित व्यक्तिहरुलाई भेट्न जाँदा मानिसहरु सफा भएर, चिटिक्क किलेको कपडा लगाएर जान्छन्। देशको उच्च …

Leave a Reply

Your email address will not be published. Required fields are marked *