Thursday , January 27 2022
Breaking News
Home / समाचार / भेरी नदीमा एक महिलाले …..

भेरी नदीमा एक महिलाले …..

भेरी नदीमा हा’लफा’लेर एक महिला बे’पत्ता भएकी छन्। बिहीबार भेरी पुलमुनिको शवहरु ज’ला’उने ठाउँ नजिकैबाट महिला नदीमा हा’मफा’लेकी थिइन्। मलामी गएकाहरुले बचाउन खोज्दाखोज्दै उनी नदीमा हा’म फा’लेकी थिइन्। उनले नदीमा हा’फा’ल्नुअघि मोबाइल, बैंकको चेकलगायतका सामाग्रीहरु नदी किनारमा राखेकी थिइन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले नदी किनारमा महिलाले छोडेको एक बैंकको चेकमा अमला दमाई लेखिएको छ। यो चेक कालिकोटको बैंकले जारी गरेको छ। मलामी गएकी कर्णाली प्रदेशसभा सांसद पद्मा खड्काले बचाउने प्रयास गर्दागर्दै महिला नदीमा हा’मफा’लेको बताइन्।

‘मेरोभन्दा तीन मिटरअघि रहेकी महिलाले भेरी नदीमा हा’मफा’ल्ने प्रयास गर्दा रोक्न खोजेका थियौं,’ उनले भनिन्, ‘रोक्ने प्रयास गर्दागर्दै महिला भेरीमा हे’लिइन्।’ मलामी गएका चिन्तामणि शर्माले हेर्दाहेर्दै महिलाले नदीमा हा’मफा’लेको बताए। ‘दुई सय मिटर अघिसम्म महिला बग्दै गरेको देख्यौं,’ उनले भने, ‘भदौको उर्लदो भेलमा नदीमा गएर बचाउने हिम्मत गर्न सकेनौं।’ महिलाले भेरी नदीमा हा’मफा’लेको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.