Monday , October 18 2021
Breaking News
Home / समाचार / यिनै हुन् पोर्चुगलबाट खुसि हुदै नेपाल फर्केका श्रीमान श्रीमती हिजो दुर्घटना हुदा अकालमै गुमाए ज्यान

यिनै हुन् पोर्चुगलबाट खुसि हुदै नेपाल फर्केका श्रीमान श्रीमती हिजो दुर्घटना हुदा अकालमै गुमाए ज्यान

काठमाडौं । काठमाडौंबाट ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका जादै गरेको डबल क्याबको बोलेरो हिजो रामेछापमा दुर्घटना ग्रस्त हुँदा एकै परिवारका दुई सहित तिन जनाको मृत्यु भएको थियो ।

प्रदेश ३- ०१-०२३ च ३५१३ नं प्लेट भएको उक्त बोलेरो रामेछापको मन्थली नगरपालिका वार्डनं ६ को कुनौरी बोक्से भिरबाट करिब ७०० मिटर तल रहेको तामाकोशीको किनारमा अचनाक ख’स्न पुग्दा बोलेरोमा सवार ओखलढुङ्गा जिल्ला खिजी देम्बा गाउँपालिका वार्डनं-६ साल्मेका ३३ बर्षका लाक्पा शेर्पा, उनकी श्रीमती २८ बर्षकी फुर्बा शेर्पा र बोलेरो चालक सोही गाउँ पालिका वार्डनं २ बिला गैह्रा बस्ने अन्दाजी ३६ बर्षका वाङछे शेर्पाको घटनास्थलमै मृत्यु भएको रामेछाप प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका मृतक दम्पत्तीका ६ बर्षिय बालक दावा शेर्पाको रामेछाप सदरमुकाममा रहेको तामाकोशी अस्पतालमा उपचार सम्भव नभए पछी घाईते बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बोलेरो दुर्घटनामा परी मृत्यु बरण गरेका लाक्पा शेर्पा र उनकी श्रीमती फुर्बा शेर्पा दुवै जना यस अघि कामका सिलसिलामा पोर्चुगलमा रहँदै आएका थिए ।

यसै क्रममा लाक्पा शेर्पा पोर्चुगल बाट ४ दिन अघि मात्र नेपालमा आएका थिए भने उनकी श्रीमती फुर्बा शेर्पा ६ महिना अघि नेपाल आएका थिए । खिजी देम्बा गाउँ पालिका वार्डनं-६ साल्मेमा रहनु भएका बाबा सर्की शेर्पा, आमा लगायत परिवारका सदस्यहरूलाई दर्शन भेट गर्न काठमाडौंबाट बोलेरोमा सवार भई बिहान खिजी देम्बा गाउँ पालिका वार्डनं-६ साल्मे जादै गरेका पोर्चुगलको ग्रिन कार्ड होल्डर लाक्पा शेर्पा दम्पत्तीको घर पुग्ने मात्र होइन पोर्चुगल फर्केर जाने लगायतका सारा सपनाहरू अधुरै रह्यो ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *