Sunday , November 28 2021
Breaking News
Home / प्रमुख समाचार / पोखरामा फेरी जमिन भा’स्सीयो, ख’नेर हेर्दा देखीयो यस्तो ! के हुन लाग्यो यस्तो ? हेर्नुहोस भिडियो

पोखरामा फेरी जमिन भा’स्सीयो, ख’नेर हेर्दा देखीयो यस्तो ! के हुन लाग्यो यस्तो ? हेर्नुहोस भिडियो

पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनमा गएराती परेको अविरल वर्षासंगैको बाढीले जमीन भा’सिदा दुई घर जोखिममा परेका छन्। छोरेपाटन चौतारानजिकै जमीन भासिदा स्थानीय विमला बोगटी र डिल माया गुरुङको घर जोखिममा परेका हुन् ।

छोरेपाटन प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महेन्द्र पौडेलले दिएको जानकारी अनुसार, सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित शीतल चौतारापछाडि अस्थायी प्रहरी पोष्ट नजिकै सडकबाट १५ मिटर छेउमा करिब १२ वर्ग मिटर क्षेत्रफल भासिएको छ ।

विमला बोगटी र डिलमाया गुरुङको घरअघि नै जमिन भासिएपछि त्यहाँ रहेका भाँडा पसल दुई वटा किराना पसल बन्द गरिएको छ भने आकाशको पानीबाट जोगाउन घर र जमिनको भागलाई त्रिपालले छोपिएको छ । उक्त क्षेत्रमा रहेको सौर्य बत्तीको पोल रहेको जमिन समेत एक मिटर तल दबिएको छ ।

हाल भासिएको स्थानको १० मिटर दुरी उत्तरस्थित सडक क्षेत्रमा करिब एक महिना अघि पनि भासिएको थियो । त्यतिबेला उक्ता स्थानमा ग्रेगरसाहित ढुंगा माटोले पुरिएकोमा हाल सोहि स्थान नजिकै भासिएको हो ।भिडियो सहीत

About admin

Check Also

त्यो रात २७ पटक कस्ले कल गरेको थियो भुपेन्द्रलाई ?

काठमाडौं– कैलालीको लम्कीचुहा–१ स्थित बडुवाल परिवार अहिले शोकमा छ। कारण– कात्तिक २३ गते मंगलबार राति …

Leave a Reply

Your email address will not be published. Required fields are marked *