Monday , December 6 2021
Breaking News
Home / मनोरंजन / बिहे कहिले गर्ने भनेर पत्रकारले सोधेपछि अनमोलले दिएको जवाफले सबै चकित

बिहे कहिले गर्ने भनेर पत्रकारले सोधेपछि अनमोलले दिएको जवाफले सबै चकित

रिजर्भ बस्न रुचाउने अभिनेता हुन्, अनमोल केसी । उनी काम विशेष बाहेक न मिडिया न त फ्यानसँग नै प्रत्यक्ष रुपमा भेटिन्छन् । फिल्म ‘ए मेरो हजुर ३’ पछि उनी अभिनीत नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । यद्यपि, उनको पाइपलाइनमा फिल्मको कमी भने छैन । ‘ए मेरो हजुर ४’ आउँदो चैतमा रिलिज हुँदैछ भने ‘एक्स नाइन, पारस र एन्टी हिरो’ मा उनी काम गर्ने तयारीमा छन् ।

महामारीको समयमा घरभित्रै गु’प्तबास बसेका अनमोल लामो समयपछि शनिवार पिता भुवन केसीको जन्मदिन सेलिब्रेसन कार्यक्रममा भेटिए । राजधानीको एक पाँचतारे होटलमा भुवन केसी अभिनीत म्यूजिक भिडियोको छायांकनको क्रममा आयोजना गरिएको बर्थ-डे सेलिब्रेसनमा अनमोलले आफूले पिताको ‘लिगेसी’ (विरासत) लाई अगाडि बढाउन पाएकोमा खुसी व्यक्त गरे ।

उनले पितालाई आफ्नो जीवन नै दिएको बताउँदै भने- ‘उहाँ (भुवन केसी) सँग अझ धेरै जन्मदिन मनाउन पाउँ भन्ने महशुस हुन्छ । उहाँलाई धेरै ठाउँमा घुमाउन मन छ । अझ राम्रो दिन आउनै बाँकी छ ।’ अनमोलले बिहेको प्रश्नमा पिता अझै जवान भएकाले आफ्नो पालो आउनै बाँकी रहेको बताएका छन् । भुवन केसीले पनि छोराको बिहेका लागि अझै केही समय बाँकी रहेको बताए ।

उनी केही समयदेखि फिल्म ‘एक्स नाइन’ का लागि एक्सन र जिमको तालिम लिइरहेका छन् । यो फिल्ममा उनी २० केजी मोटाएर ९५ केजी हुनु पर्नेछ । फिल्ममा एक्सन सिन र बडिविल्डर भिलेनहरु धेरै भएकाले आफूले तौल बढाउनु परेको उनी बताउँछन् । महामारीपछि फिल्म इन्डस्ट्रीलाई उठाउनका लागि आफूले मल्टीस्टारर फिल्ममा काम गर्न लागेको पनि उनले स्पष्ट पारे ।

मल्टीस्टारर फिल्म गर्न लाग्नुको कारणबारे उनले मिडियासँग भने- ‘मैले कहिल्यै सोलो एक्टर नै प्रस्तुत हुनुपर्छ भनेर सोचेको छैन । मैले पहिला ‘गाजलु’ पनि मल्टीस्टारर गरेको थिएँ भने अहिले कोभिडपछिको इन्डस्ट्रीलाई उठाउन सबै कलाकार मिलेर केही नयाँ चीज आउन सक्छ कि भनेर ‘एक्स नाइन’ साइन गरेको हुँ । मभन्दा सिनियर कलाकारबाट धेरै कुरा सिक्न पाउँछु भन्ने विश्वास छ ।’

अनमोलले आफूलाई ‘कम्फर्ट जोन’ भन्दा बाहिर निस्किएर फिल्ममा चुनौतीपूर्ण भूमिका निर्वाह गर्न मन लाग्ने पनि बताए । महामारीका कारण ठप्प रहेको फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्मकर्मीदेखि दर्शकसम्म सम्पूर्णको साथ र सहयोग चाहिने बताउँदै उनले अब ग’म्भीर भएर फिल्म बनाउनु पर्ने र राम्रो फिल्म आएको खण्डमा दर्शक हलसम्म आउने विश्वास व्यक्त गरे ।

About admin

Check Also

बिहे नहुँदै विक्की कौशलले दिए कट्रिनाकी आमालाइ यति ठुलो उपहार

विक्की कौशल र कट्रिना कैफको विवाह यतिबेला चर्चामा छ । यो जोडीले विवाह गर्न लागेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *