Thursday , October 28 2021
Breaking News
Home / समाचार / संखुवासभा घट्ना प्रकरण : यिनै रहेछन् ५ जना जस्ले कार्की परिवारलाई एकै ठाउँमा सके

संखुवासभा घट्ना प्रकरण : यिनै रहेछन् ५ जना जस्ले कार्की परिवारलाई एकै ठाउँमा सके

काठमाडौ । घटना भएको धेरै दिन पछि संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको शव फेला परेको घटनामा मुख्य ब्यक्ति नै लोकबहादुर नभएर अरु नै भएको खुलेको । घटनामा संलग्न भएको अभियोगमा लोकबहादुर बाहेक अन्य ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । लोकबहादुरले दिएको बयानका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा लोकबहादुरका बुवा, भाई र अन्य दुई काका पनि छन् ।

पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् रहेको प्रहरीले जनाएको छ । लोकबहादुर सहित ५ जना मिलेर घटना गराएको अनुसन्धानबाट खुले पछि उनीहरुलाई पक्राउ गरिएको हो ।

घट्नाको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मिलेर योजना बनाएका थिए । ‘भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा ह’ ‘त्या गर्ने संगठित योजना देखिन्छ’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भने, ‘पाँच जना मिलेर कसैले चि’ ‘प’र्ट र कसैले छु’ ‘रीले हा’ ‘ने’र ह’ ‘त्या गरेको अनुसन्धानबाट खुलेको छ ।

८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोक बहादुर र उनका काकाका छोरा हस्तबहादुरले मु’ख थु’ने’र चि’र्प’ट’ ले हा’ने’र ह’ ‘त्या गरेका थिए ।

घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो। मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । घट्नाको आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो।

रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो। घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन्।

घटनामा अन्य व्यक्तिको समेत सं’लग्न’ता भएको आ’शङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो। आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

लोकबहादुरका काका खड्ग बहादुर घटनाको मुख्य योजनाकार रहेको दावी प्रहरीले गरेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव फेला परेको थियो ।

लोकबहादुरको घरमा बसेर काका सहित सबै जनाले घटनाको योजना बनाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । तेजबहादुर खेताला बोलाउन आएको बेलामा घटना गराउने योजना उनीहरुको पहिल्यै देखि थियो अनुसन्धानमा संलग्न प्रहरीले भने ।

घर खानतलासी गर्दा भेटिएको हाफ पाइन्टले शङ्का बढाएपछि …

जब प्रहरीले भदौ २५ गते दिउँसो लोकबहादुरको घर खानतलासी गर्‍यो, घटनासँग सम्बन्धित कुनै प्रमाण फेला पार्न सकेन । तर, घरमा रहेको पुरानो बाकसमा एउटा हाफ पाइन्ट पायो । पुरानो हाफ पाइन्ट, तर चिसो अवस्थामा भेटेपछि प्रहरीले ओल्टाई पल्टाई हेर्‍यो । हाफ पाइन्टमा र’ग’त’को टा’टाजस्तो केही देखियो । त्यसपछि प्रहरीले उक्त हाफ पाइन्ट ब’रा’म’द गर्‍यो र यो कसको हो भनेर सोध्यो । तर, लोकबहादुरले उक्त हाफ पाइन्ट कसको हो थाहा नभएको जवाफ दिए ।

प्रहरीले त्यही हाफ पाइन्ट लोकबहादुरको भाइलाई पनि देखाए । भाइले उक्त हाफ पाइन्ट दाइको भएको जवाफ दिए । तर फेरि उक्त हाफ पाइन्टको सम्बन्धमा लोकबहादुर छुट्टै राखेर सोधियो । लोक बहादुरले अझै पनि उक्त हाफ पाइन्ट आफ्नो नभएको जवाफ दिए । त्यसपछि लोकबहादुर र उनका भाइलाई सँगै राखेर प्रहरीले हाफ पाइन्टबारे सोधे । भाइले फेरि पनि उक्त हाफ पाइन्ट लोकबहादुरकै भएको जवाफ दिए । त्यसपछि बल्ल लोकबहादुरले उक्त हाफ पाइन्ट आफ्नै भएको तर, २ वर्षदेखि नलगाएको जवाफ दिए ।

लोकबहादुरले झूट बोलेको प्रमाणित भएपछि लोक बहादुरप्रति झनै शङ्का बढ्न थाल्यो र प्रहरीले अझै बढी सोधपुछ गर्न थाल्यो । तर, पनि लोकबहादुरले आफ्नो कुनै सं’ल’ग्नता नभएको जिकिर गरिरहे ।

सोधपुछकै क्रममा प्रहरीले ‘ह’ ‘त्यामा तिमीबाहेक अरू कोही सं’लग्न हुनै सक्दैन, ह’ ‘त्या किन र कसरी गर्‍यौ भन’ भनेपछि लोकबहादुरले घटनामा आफ्नो सं’लग्न’ता अस्वीकार गर्दै प्रमाण देखाउन चुनौती दिए ।

रातोपाटीमा छापिएको समाचार अनुसार लोकबहादुरले एकाएक प्रमाणको कुरा गरेपछि प्रहरी पनि अचम्ममा पर्‍यो । यो केटाले किन प्रमाणको कुरा गर्‍यो भनेर प्रहरीले उसको ‘प्रमाण’ शब्दको विश्लेषण गर्न थाल्यो । प्रमाण छैन भन्ने कुरा लोकबहादुरलाई कसरी थाहा भयो भन्दै घटनामा ऊ नै सं’लग्न रहेको तर प्रमाण नष्ट गरेका कारण प्रमाण देखाउन चुनौती दिएको निष्कर्षमा प्रहरी पुग्यो । त्यसपछि प्रहरी घटना प्रयोग भएको ‘ह”ति’या’र’को खोजीमा लाग्यो ।

त्यसपछि प्रहरीले त्यही तस्बिरलाई देखाएर लोकबहादुरलाई भन्यो कि घटनामा सं’लग्न तिमी नै हौ, यो घटना भएको समयको फोटो हो र हामीले नासाबाट घटना भएको दिनदेखि बेलुकासम्मको सबै भिडियो मगाएका छौँ । त्यो भिडियो आएपछि तिम्रो संलग्नता पुष्टि हुन्छ ।

त्यसपछि भने लोकबहादुरको अनुहारमा केही परिवर्तन आयो । अनि लोकबहादुरले भने कि ‘भिडियो देखाए म स्विकार्छु कि मैले नै यो सबै गरेको हो, नत्र तपाइँसँग प्रमाण के छ ?’

फेरि पनि लोकबहादुरले प्रमाणकै कुरा गर्नु र भिडियो देखाए मान्छु भनेपछि प्रहरी अ’परा’धमा सं’लग्न व्यक्ति ऊ नै हो भन्ने निश्चित गर्‍यो ।

घटनामा लोकबहादुर बाहेक अन्यको सं’लग्न’ता हुन नसक्ने निष्कर्ष निकाले पनि प्रहरीसँग प्रमाण नहुँदा ह्युमन इण्टिलिजेन्स बाहेक अन्य केही उपाय नै थिएन । त्यसपछि भदौ २५ गते राति ९ बजे नै लोकबहादुरलाई प्रहरी बसेको कवि कार्कीको घरमा ल्याइयो ।

जति कुरा गरे पनि उनले अ’परा’ध स्वीकार गर्न चाहेनन् । त्यसपछि प्रहरीले इमोसनल मोटिभेसन सुरु गरे । अपराध कबुल गरेमा सजाय कम हुन सक्ने र अन्यले दुःख नपाउने कुरा प्रहरीले बताए ।

अ’पराधी जसरी पनि पक्राउ पर्ने र पछि पत्ता लाग्दा धेरै सजाय हुने कुरा बताएपछि भदौ २५ गतेको राति (२६ गते बिहान) पौने २ बजे बल्ल लोकबहादुरले घटनामा आफ्नो सं’लग्नता स्वीकार गरे । व्यक्तिगत रिसिइबीका कारण आफूले बडाबा (तेजबहादुर)को ह’ ‘त्या गरेको र उक्त ह’ ‘त्यालाई देख्ने र थाहा पाउने सबैको ह’ ‘त्या गरेको उनले स्वीकार गरे ।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *