Thursday , January 27 2022
Breaking News
Home / समाचार / स्वीजरल्याण्डमा बन्यो वीरेन्द्र नामको बि’यर, पूर्वराजाको सम्मान कि अपमान ?

स्वीजरल्याण्डमा बन्यो वीरेन्द्र नामको बि’यर, पूर्वराजाको सम्मान कि अपमान ?

नेपालीका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बाट ‘वीरेन्द्र बि’यर’ नामको ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डको कम्पनीले बेचिरहेको छ।

बियरको बोतलमा बि’यर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटो समेत छ। Turbinenbräu नामको स्वीजरल्याण्डको कम्पनीले उत्पादन गरिरहेको यो बि’यरलाई स्पाइस्ड हर्ब्ड टाइलको बि’यरको श्रेणीमा राखिएको छ।

त्यस बी’यरको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क पर्दछ। जुन नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउछ। बि’य’र खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बि’य’र खाएको फोटो राखेका छन्।

यो बि’य’रको नाम राजा वीरेन्द्रको नाममा राखिएकोले पनि यो कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्रो बजार लिएको भए पनि नेपालमा भने यसको बि’रोध भएको छ।

धेरैले दिबंगत भएका राजाको अपमान भनि कमेन्ट गरेका छन्। तर नेपाल सरकारले भने यसको कुनै प्रतिक्रिया दिएको छैन।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.