Sunday , November 28 2021
Breaking News
Home / Uncategorized / यिनै हुन् मुख्य योजनाकार खड्गबहादुर जसले ६ जना को ज्यान लिएर प्रहरी र पत्रकारलाई बेवकुफ बनाउदै थिए !

यिनै हुन् मुख्य योजनाकार खड्गबहादुर जसले ६ जना को ज्यान लिएर प्रहरी र पत्रकारलाई बेवकुफ बनाउदै थिए !

काठमाण्डौ । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक ह’त्यामा सं’ल’ग्न भ’ए’को आरोपमा थप चारजना पक्राउ परेका छन् । प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट ह’त्याका’ण्ड’का मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय संखुवासभाले ह’त्यामा सं’ल’ग्न थप चारजनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गत २१ भदौ बिहान २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति दीपेन र नातिनी गोमाको ह’त्या भ’ए’को थियो । एकै परिवारका ६ जनाको ह’त्यामा सं’ल’ग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन: घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो ।

लोकबहादुरको बयानका आधारमा थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए । पक्राउ परेका चारैजनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजना मृतक तेजबहादुरका छिमेकी हुन् ।

About admin

Check Also

अचम्म न बेबी बम्प – न महिनावारी छुटेको छ , टाउको दुखेर भनेर अस्पताल पुगेकी महिला , ४ दिनपछि होश आउँदा आमा बनिसकेकी थिइन्…

आमा हुनु भनेको हरेक केटीले बाँच्न चाहने अनुभूति हो। कसैलाई नयाँ जन्म दिएर संसारमा ल्याउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *