Monday , October 18 2021
Breaking News
Home / समाचार / बुटबलका मेयरको महानता, आफूमाथि आ‘क्र‘म‘ण गर्ने युवकलाई मुद्दा नचलाउन अनुरोध

बुटबलका मेयरको महानता, आफूमाथि आ‘क्र‘म‘ण गर्ने युवकलाई मुद्दा नचलाउन अनुरोध

रुपन्देही ।बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले आफूलाई आ‘क्र‘म‘ण गर्न खोज्ने युवालाई कुनै मुद्दा नचलाउन अनुरोध गरेका छन् ।

सोमबार बुटवल–३ ज्योतिनगर पहिरो प्रभावित क्षेत्र अवलोकनमा गएका सुवेदीमाथि स्थानीय गणेश पंगेनीले एक्कासी मु‘क्का हा‘नेका थिए ।चौतर्फी द‘बाबपछि पक्राउ परेका पंगेनीलाई तत्काल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको जानकारी गराए ।

उनले आफ्नो कसैप्रति आ‘ग्रह–पूर्वाग्रह नभएको जनाउँदै विपद्मा परेका नागरिकमा आउने आ‘क्रोशलाई स्वाभाविक मानेको बताए । उनले उपमहानगरले बाढी, पहिरो तथा वि‘पद्मा परेका नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो पहल जारी राख्ने पनि बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने आवश्यक अनुसन्धान अघि बढ्ने जनाएको छ ।यस अघि एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मु‘क्का प्र‘हार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने बतेको थियो ।

नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुःखद र गलत भएको बताउँदै मु‘द्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो । एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आ‘क्र‘म‘णको निन्दा गरेका छन् ।

‘घटना जसरी भयो, त्यो गलत छ । तर, यस घटनालाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं’, उनले भने । उनले घटना नि‘योजित रूपमा भएको आशंका व्यक्त गरे । एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मु‘क्का हानेपछि पार्टीभित्र पनि बहस सृजना गरेको छ ।

नगर प्रमुख सुवेदीमाथिको आक्रमणलाई भने बुटवल उपमहानगरले नियोजित भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो ।पहिरो निरीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पंगेनीले मु‘क्का प्र‘हार गरेका थिए ।

पंगेनीलाई सोमबार साँझ ७ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभावित हुन् । ज्योतिनगर र लक्ष्मीनगरमा पहिरोले दुई दर्जन घरमा क्षति पुगेको छ ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *