Monday , October 18 2021
Breaking News
Home / मनोरंजन / प्रियंकाकी सासू रबिनाले नातिनीको तस्बिर राखेर भनिन्, जीवनको यो चरणलाई बयान गर्न कुनै शब्द छैन

प्रियंकाकी सासू रबिनाले नातिनीको तस्बिर राखेर भनिन्, जीवनको यो चरणलाई बयान गर्न कुनै शब्द छैन

काठमाडौ । नायीका प्रियंका कार्की आमा बनेकी छन् । उनले छोरीलाई जन्मदिएकी छन् । प्रियंकाले छोरीको जन्म हुनु अघि नै उनको नाम राखेकी थिइन् । सामाजिक सञ्जाल मार्फत छोरी जन्मिएको खबर सार्वजनिक गर्दै उनले छोरीको नाम आयाङ्का भनेर उल्लेख गरेकी छन् । प्रियंकाले बुधबार आफ्नो सामाजिक सञ्जालमा यसबारे जानकारी दिएकी हुन् । प्रियंकाको इन्स्टाग्राम अकाउन्टमा राखेको पोस्टमा प्रियंककी सासू तथा बैंकर रबिना देशराज श्रेष्ठले कमेन्ट गरेकी छिन् ।

उनले इन्ट्रामा नातिनीसंगको तस्बिर राख्दै यो खुसीको पल बयान गर्ने कुनै शब्द नभएको उल्लेख गरेकी छन् । साथै उनले आफ्ना छोरा आयुष्मान देशराजको पनि निकै प्रशंसा गरेकी छन् । बुहारी प्रियंकालाई शुभकामना दिँदै आफुलाई निकै गर्व लागेको बताएकी छन् ।

यस्तो संवेदनशील समयमा छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले जसरी स्थिति सम्हाले र प्रियंकाको हेरविचार गरे त्यसमा आफूलाई गर्व लागेको बताइन् । साथै, उनले दुबैलाई उपहारका लागि पनि धन्यवाद पनि दिएकी छिन् । उनले आफ्नी नातिनी आयाङ्कालाई सबैभन्दा उत्कृष्ट बच्चा बताएकी छिन् । यसका साथै, उनले प्रियंकाको पनि तारिफ गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘स्विटहार्ट, तिमी प्रत्येक कुरामा निपुण छौ । जसरी तिमीले उसलाई यो संसारमा ल्यायौं र जसरी तिमीले यतिबेला हरेक महिलाभित्र हुने शक्तिको प्रदर्शन गर्यौ त्यो प्रशंसनीय छ । ’

About admin

Check Also

गायक रामजी खाँडले बनाए राजधानीमै ५ करोडको घर ( भिडियो हेर्नुहोस् )

लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *