Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / रिजर्भ बस्ने उपासना

रिजर्भ बस्ने उपासना

नायिका उपासना सिंह ठकुरीलाई लिएर केही निर्देशकले लकडाउनपछि म्युजिक भिडियो बनाउन नचाहेका होइनन् । उपासना नेपाली चलचित्रमा पछिल्लो पुस्ताकी सबैभन्दा बढी माग भएकी नायिका हुन् ।

२ वटा चलचित्रमा काम गरेपछि उपासनाको माग बढेको थियो । उनको हातमा २ वटा चलचित्र छन्, जसमध्ये ‘डिसेम्बर फल्स’को केही प्रतिशत छायांकन सकिएको छ भने ‘मिरर’को छायांकन सुरु भएकै छैन ।

नेपाली चलचित्रका अधिकांश कलाकारहरुले आफूलाई रिजर्भ राख्न नसक्दा स्टारडम कमजोर बनाइरहेका छन् । अझ, लकडाउनयता त अधिकांश नायक–नायिका सार्वजनिक रुपमा यति धेरै देखिए कि, दर्शकलाई उनीहरुमाथि कुनै रहस्य नै बाँकी छैन ।

तर, केही थोरै मात्र कलाकारले त्यो रहस्यलाई बचाएका छन् । यसमै पर्छिन् उपासना सिंह ठकुरी । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै फ्यानलाई आफ्नो बारेमा जानकारी दिने उपासना सार्वजनिक रुपमा र मिडियामा पनि निक्कै कम देखिने नायिका हुन् ।

यसैले, पनि उनलाई चलचित्रमा नै हेर्न दर्शकहरु उत्साहित हुने गरेका छन् । ‘क्याप्टेन’ डेब्यू नायिकाको ‘कबड्डी कबड्डी कबड्डी’ ब्लकबस्टर भएको थियो ।

आर्यन दाइबाट धेरै कुरा सिक्छु भन्ने आश छः उपासना १ बर्ष भन्दा लामो ग्यापपछि नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’ साइन गरिन् । चलचित्रमा उनी नायक आर्यन सिग्देलको जोडीको रुपमा देखिदैछन् । चलचित्रलाई प्रेम र थ्रिलर कथामा प्रस्तुत गर्ने तयारी यसको निर्माणपक्षको छ ।

चलचित्र साइन गर्दा निकै नै ध्यान दिने गरेकी नायिकाले आर्यनसँग काम गर्नका लागि हुन्छ किन भनिन् होला ? अनलाइनखबरसँग कुरा गर्दै उपासनाले भनिन्–‘मलाई चलचित्रको कथावस्तु र टिम निकै मन पर्यो । यसैले पनि म काम गर्न उत्साहित भएकी हुँ ।’

नायक आर्यन सिग्देलसँग काम गर्न पनि आफू अत्यन्त उत्साहित रहेको उपासना बताउँछिन् । उपासना भन्छिन्–‘म चलचित्र क्षेत्रमा नआउँदै एकपटक आर्यन दाइको सुटिङमा पुगेकी थिएँ । सो समयमा मैले आर्यन दाइसँग तस्वीर पनि खिचेकी थिएँ । आर्यन दाइबाट धेरै कुरा सिक्छु भन्ने लागेको छ ।’

उपासना आफू सधै नै नयाँ भूमिकामा काम गर्दा उत्साहित हुने बताउँछिन् । यसैले पनि आफूले नयाँ नयाँ कथा रोज्ने गरेको उनको तर्क छ । उपासनाले भनिन्–‘म हरेक चलचित्रमा एउटै भूमिका गर्नुपर्छ भन्ने सोच्दिनँ ।

नयाँ भूमिका आउँदा मेरो ध्यान जान्छ । डिसेम्बर फल्सको कथाले पनि मलाई यही कारणले आकर्षित गरेको हो ।’ चलचित्र ‘क्याप्टेन र कबड्डी कबड्डी कबड्डी’मा काम गरेपछि चर्चामा आएकी उपासना ‘डिसेम्बर फल्स’ले पनि दर्शकलाई निराश नबनाउने दाबी गर्छिन् ।

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *