Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / “हिमालमा पुगेपछि बिहेको प्रस्ताव राख्नुभो, मैले हुन्छ भनिदिएँ” – इन्दिरा

“हिमालमा पुगेपछि बिहेको प्रस्ताव राख्नुभो, मैले हुन्छ भनिदिएँ” – इन्दिरा

काठमाडौं। गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग इन्गेजमेन्ट गरेकी छिन्। बिहीबार खुम्बु पुगेर उनीहरुले इन्गेजमेन्ट गरेका हुन्। बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।

हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए। खुम्बु पुगेपछि शरदले प्रपोज गरेको बताइन्। उनले भनिन्, ‘हिमालमा पुगेपछि उहाँले मलाई प्रपोज गर्नुभयो। मैले हुन्छ भनिदिएँ।’

हेलिकप्टरको पाइलटले शरदले प्रपोज गरिरहेको भिडियो खिचेर हालिदिएको उनले बताइन्। हेलिकप्टरको क्याप्टेनले भिडियो हालेको आफूले आज बिहान मात्रै थाहा पाएको इन्दिराको भनाइ छ। ‘हिजै बेलुका उनले भिडियो हालेका रहेछन्,’ उनले भनिन्, ‘मैले पनि बिहान थाहा पाएँ। भाइरल भइसकेको रहेछ।’

इन्दिरा र शरद लामो समयदेखि प्रेम सम्बन्धमा थिए। सार्वजनिक रुपमा इन्दिराले आफू प्रेममा भएको बताए पनि कोसँग भन्ने खुलाएकी थिइनन्।

अन्य समाचार : २२ करोडको आइपीओ आउँदै, जम्मा १ हजार लगानी गर्नुहोस् मालामाल बन्नुहोस् काठमाडौं, ८ असोज । न्यादी हाइड्रोपावरले यही १५ असोजदेखि सर्वसाधारणका लागि साढे २२ करोड बराबरको आइपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निस्कासन गर्ने भएको हो ।

कम्पनीले कुल निस्कासन गर्ने सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । उक्त आइपीओमा सर्वसाधारणले १९ असाेजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा केयर रेटिङ्ग नेपालले ‘कियर एनपी आइआर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *