Thursday , October 28 2021
Breaking News
Home / समाचार / नयाँ शौचालय बनाएको पैसा नदिएपछि ठेकेदारले यसरी भत्काए ट्वाइलेट (भिडियो सहित)

नयाँ शौचालय बनाएको पैसा नदिएपछि ठेकेदारले यसरी भत्काए ट्वाइलेट (भिडियो सहित)

अमेरिका कोलोराडो राज्यमा एक ठेकेदारले नयाँ शौचालय भत्काइदिएका छन्। घरधनीले ट्वाइलेट बनाएको पैसा दिन अस्वीकार गरेपछि रुष्ट ठेकेदारले हम्मरले हानेर आफूले बनाएको शौचालय भत्काइदिएका हुन्।

डेली मेलका अनुसार टेरी ग्रेगोरी नामका ठेकेदारले घरधनीसँग ४ हजार अमेरिकी डलर पारिश्रमिक र सामग्री खर्च माग्दा उनीहरुले त्यो दिन अस्वीकार गरेका थिए।

ड्रिम होम रिमोडल्सका ठेकेदार ग्रेगोरीका अनुसार हप्तौं लगाएर एम्बर ट्रक नाम गरेका व्यक्तिको शौचालय निर्माण गरिएको थियो। तर उनले पैसा नतिर्ने भनेपछि आफूहरु त्यो भत्काउन बाध्य भएको ग्रेगोरी बताउँछन्।

भिडिओमा देखिएअनुसार एम्बरले अर्काको घर किन भत्काएको भनेर प्रश्न गरेका छन्। उत्तरमा ग्रेगोरीले पैसा तिरेको भए भत्काउँदिन भनेको सुन्न सकिन्छ।

ट्रकले यो घटनापछि आफूलाई शौचालय निर्माणको काममा चित्त नबुझेको बताएकी छिन्। उनले पैसा दिन ढिलाई गर्दा यस्तो भएको जनाएकी छिन्।

भिडिओ हेर्नुहोस्..

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *