Thursday , October 28 2021
Breaking News
Home / समाचार / सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस

सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस

काठमाडौं : रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार रातारात चर्चामा आए । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच कक्षमा तोडफोड गरेपछि पक्राउ परेका उनले प्रहरीलाई दिएको बयानले थप चर्चा पायो ।

घर्तीले श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लागेर आफूले राजा बन्नकै लागि श्रीपेच लगाउन खोजेको प्रहरीलाई बयान दिएका छन् । उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बताएका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी प्रमुख डीएसपी रामेश्वर पौडेलका अनुसार हाल हिरासतमा रहेका घर्तीमा कुनै डरको छनकसम्म देखिदैन । उनले श्रीपेच लगाए राजा बनिन्छ भन्ने सोचका कारण कसैको पर्वाह नगरी सोकेसको सिसा फोड्दै अगाडि बढेको देखिएको डीएसपी पौडेले बताउनुभयो ।

यद्यपि प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले भने उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताएकी छन् । यो खबर बाहिरिएपछि सामाजिक सञ्जालमा घर्तीको चर्चा चुलीमा पुगेको छ । सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै गएको छ ।

केहीले घर्तीको साहासलाई देशमा राजाको शासन खड्किनुको परिणामका रुपमा लिएका छन्, केहीले राजनीतिक दलहरुको आपसी वैमनस्यताले जनतामा बढेको प्रस्टेशनलाई यो घटनाले उजागार गरेको बताएका छन् । प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *