Monday , October 18 2021
Breaking News
Home / प्रमुख समाचार / ट्रकभित्र गाडी पस्दा ६ जनाको घटनास्थलमै मृत्यू, ४ जनाको अबस्था गम्भिर

ट्रकभित्र गाडी पस्दा ६ जनाको घटनास्थलमै मृत्यू, ४ जनाको अबस्था गम्भिर

एजेन्सी : गाडी अनियन्त्रीत भएर ट्रकलाई ठ’क्क’र दि’एपछि एक गाडीमा सवार ६ जनाको घटनास्थलमै मृत्यू भएको छ । छिमेकी देश भारतको राजस्थानको जयपुरस्थित रहेको चाकसुमा सो दुर्घटना भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । वाईपास रोडमा ईको भ्यानको ट्रलीमा स्कोरपियो पसेपछि सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी सोही ठाउँमै ६ जनाको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । सोही गाडीमा सवार १० जनामध्ये ६ जनाको मृत्यू भएको तथा अन्य ४ जना गम्भिर घाईते भएका छन् । उनीहरुको उपचार नजिकको अस्पतालमा भइरहेको छ ।

जानकारी अनुसार मृतक सबै राजस्थापनको टिचर्स इलिजिविलिटी टेष्ट (आरईईटी) को परीक्षाको लागि बाराँदेखि सीकर गइरहेको थियो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमध्यमहरुले समाचार प्रकाशित गरेको छ ।

अन्य समाचार : काठमाडौं । चीनको केन्द्रीय ब्याङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध हुने घोषणा गरेको छ। योसँगै चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि प्रभावकारी प्रतिबन्ध लगाएको छ।

“भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुन्,” पिपुल्स ब्याङ्क अफ चाइनाले भनेको छ। उसले त्यस्ता गतिविधि मानिसहरूका सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ।

ठूलो बजार चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलामध्ये एउटा बजार हो। त्यहाँ हुने घटबढले क्रिप्टोकरेन्सीको विश्वव्यापी मूल्यमा असर पर्ने गरेको थियो। ‘एउटा बिटक्वाइन काण्ड’मा थुप्रै अर्बपति, नेता र कम्पनीका ट्विटर खाता ह्याक लडाकु समूहहरूले सङ्कलन गरेको ‘२० लाख डलर बराबरको क्रिप्टोकरेन्सी जफत’

चीनको पछिल्लो घोषणासँगै बिटकोइनको मूल्यमा दुई हजार डलरभन्दा बढीले गिरावट आएको छ। आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत्‌ विदेशी विनिमय जारी रहँदै आएको छ। यद्यपि यो वर्ष ठूलो कारबाही गरिएको छ। शुक्रवार केन्द्रीय ब्याङ्कले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको स्पष्ट सङ्केत गरेको बताइएको छ।

“अवैध आर्थिक गतिविधिमा संलग्नहरू”ले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने केन्द्रीय ब्याङ्कको घोषणाले स्पष्ट पारेको छ। र, क्रिप्टोकरेन्सीसम्बन्धी सेवाहरू चिनियाँ नागरिकहरूलाई उपलब्ध गराउने विदेशी वेबसाइटहरूको काम समेत अवैध भएको पनि चिनियाँ केन्द्रीय ब्याङ्कले भनेको छ।

About admin

Check Also

म कहिल्यै नेपाल फर्किने छैन : अल्मुताइरी

काठमाडौं । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *