Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / उपासनाको हिटपछिको मौनता

उपासनाको हिटपछिको मौनता

चलचित्रले राम्रो कमाई गर्नु कलाकारका लागि सुखद कुरा हो । किनकी, हिट चलचित्रले करिअरलाई अगाडि लैजान सहज बनाउँछ । आफूले राम्रो प्रतिक्रिया पाएको चलचित्रले व्यापार पनि राम्रो गर्यो भने अझै सुनमा सुगन्ध कुनै कलाकारका लागि हुन्छ नै ।

नायिका उपासना सिंह ठकुरीका लागि करिअरको छोटो समयमा नै यही भयो । पहिलो चलचित्र ‘क्याप्टेन’बाट राम्रो चर्चा बटुलेकी उनले दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’बाट उचाई प्राप्त गरिन् । बक्स अफिसमा आक्रामक कमाई गरेको चलचित्रबाट उपासनाको कामको पनि तारिफ भयो ।

उपासनाका लागि यो चलचित्र हिट हुँदा जुन खालको फाइदा भयो, यस्तो मौका कमै मात्र नायिकाले प्राप्त गर्छन् । यतिबेला, उपासना मौन छिन् । चलचित्रको रिलिजको समय बाहेक अन्य समय उपासना मिडियामा खासै देखिन्नन् ।

उपासनाको हिटपछिको मौनताले धेरै कुरा बोल्छ । किनकी, उनलाई अब नयाँ चलचित्र रोज्दा हरेक कोणबाट ध्यान दिन आवश्यक छ । किनकी, अब एउटा चलचित्र असफल हुँदा पनि उनलाई समस्या पर्न सक्छ । यसैले, उनले नयाँ चलचित्र साइन गरेकी छैनन् । बरु, साइन गर्नु अगाडि धेरै पटक सोचिरहेकी छिन् ।

अन्य समाचार : यसकारण उपासना भाग्यमानी नायिका चलचित्रको बजारमा जम्न सहज छैन । यसमाथि, थोरै चलचित्रमा काम गरेर जम्ने अवसर सबैका लागि हुँदैन । नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे ।

गतवर्ष चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले यो वर्ष अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो । करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए ।

दोश्रो, चलचित्रबाट नै यति सफलता पाएकी यी नायिका यो वर्षकी भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन । किनकी, यो वर्ष हिट भएका पाँच चलचित्रमध्ये एक चलचित्र उनको नाममा छ । चलचित्र हिट हुनु र कलाकारलाई दर्शकले रुचाउनु एउटै कुरा भने होइन । तर, उपासनाको भागमा भने दुबै कुरा परेको छ ।

उनले, आगामी वर्षको भदौ महिनासम्म पढाई सकेर मात्र नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन । तर, उनलाई चलचित्रमा अफर गर्ने निर्माताको संख्या पनि कम छैन ।

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *