Monday , December 6 2021
Breaking News
Home / समाचार / कलिलै उमेरमा बसेको मायाप्रेमले लियो १८ वर्षे किशोरीको ज्यान, शव फेला परेको तीन दिनपछि समातिए कार्की

कलिलै उमेरमा बसेको मायाप्रेमले लियो १८ वर्षे किशोरीको ज्यान, शव फेला परेको तीन दिनपछि समातिए कार्की

ताप्लेजुङ, १० असोज -ताप्लेजुङकी एक किशोरीको माया प्रेमका कारणले ज्यान गएको प्रहरीकले जनाएको छ । शव फेला परेको तीन दिनपछि ती किशोरीको ह त्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका- १० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

तीन दिनअघि अर्थात् गएको शुक्रबार बिहान फुङ्लिङ नगरपालिका- ७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको शव फेला परेको थियो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका- ३ लिङ्खिम घर भई हाल सदरमुकाम फुङ्लिङको बिहीबारे टोलमा डेरा गरी बस्दै भएकी पुष्पाको शव शंकास्पद अवस्थामा फेला परेपछि सोहीअनुसार प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

पीडित परिवारले समेत पुष्पाको ह’त्या भ’एको र ह’त्यामा सं’ल’ग्नता हुन सक्ने भन्दै पक्राउ गरी अनुसन्धान गर्न भनी ती युवकमाथि नै किटानी जाहेरी दिएका थिए । पीडित परिवारको किटानी जाहेरी र घटनाको अनुसन्धानको क्रमसँगै पक्राउ परेका युवकले आफैँले ह’त्या ग’रे’र शव फालेको स्वीकारेपछि प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ह’त्या आरोपी कार्की र किशोरीबीच आठ-नौ महिनादेखि प्रेम स’म्बन्धसँगै शा’रीरिक स’म्बन्धस’मेत भएको थियो । विवाहको प्रसंग उठाउँदा अस्वीकार गरेपछि विवाद हुँदा किशोरीको हत्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् । लामो समयदेखि नै आफूलाई गाली गलोज गर्ने तथा अनावश्यक तनाव दिने गरेका कारण योजनामै ह’त्या ग’रे’को कार्कीको बयान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता, घटना भएको सुरुकै दिनदेखि आफन्तले भने पुष्पाको ह’त्या भ’ए’को र हत्यामा सं’ल’ग्नलाई पक्राउ नगरेसम्म शव जिम्मा नबुझ्ने बताउँदै आएका थिए । आइतबार बिहान मात्र पीडित परिवारले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउनमा प्रहरी प्रशासन उदासीन भएको आरोप लगाएका थिए । आफूहरूले आशंका गरेका व्यक्तिविरुद्ध सुरुमै किटानी जाहेरी दिँदासमेत प्रहरीले बेवास्ता गरेको पनि उनीहरूको गुनासो थियो ।

ह’त्या ग’रिएकी पुष्पाका बुबा वीरबहादुर लिम्बूले छोरीको ह’त्या नै भएको आशंकामा किटानी जाहेरी दिएको र घटनामा संलग्नलाई पक्राउ नगरेसम्म न्यायका लागि आन्दोलित हुने साथै महिनौँ दिनसम्म पनि शव नबुझ्ने पत्रकार सम्मेलनमा बताएका थिए । प्रहरीको उदासीनता वा बेवास्ताले पीडित परिवारलाई थप पीडा र उत्तेजनामा पुर्‍याएकाले घटनाको सत्यतथ्य पत्ता लगाउन अधिकारकर्मी, संचारकर्मीसमेतलाई सहयोग गर्न उनले आग्रह गरेका थिए ।

ह’त्या आ’रोपी सार्वजनिक गरेपछि आफन्तले शव बुझेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ जिल्ला अस्पतालमा शव पोस्टमार्टम गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । प्रनाउ राणाका अनुसार जिल्ला अदालतबाट म्याद थपेर आरोपी उपर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ । किशोरी डेरा बसेर सदरमुकाम फुङ्लिङकै भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै थिइन् ।

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *