Thursday , October 28 2021
Breaking News
Home / समाचार / बुलेट बाईकमा आयो अति शानदार नयाँ मोडल, १ लाख २५ हजार ८२५ मात्र मुल्य

बुलेट बाईकमा आयो अति शानदार नयाँ मोडल, १ लाख २५ हजार ८२५ मात्र मुल्य

काठमाडौ । बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्ड (बुलेट) को उत्पादन भारतामा धेरै छ । तपाईले धेरै दिन अघि देखि सुन्नुभएको होला रोयल इन्फिल्ड (बुलेट) को नयाँ रुप आउँदैछ ।

हो रोयल इन्फिल्ड ( बुलेट ) ले अन्ततः रोयल इन्फिल्ड ( बुलेट ) मेटेर ३५० सीसी आउने भएको छ । कम्पनीले मुल्य नै सार्वजनिक गरेको छ ।

रोयल इन्फिल्ड ( बुलेट ) मेटेर ३५० सीस भारतमा १ लाख २५ हजार ८ सय २५ रुपैयाँमा आउनेछ । नेपालमा दुई सय प्रतिशत कर भएकाले यसको मुल्य ३ लाख ७५ हजारसम्ममा नै आउनेछ ।

यो रोयल इन्फिल्ड ( बुलेट ) को अहिलेसम्मकै सस्तो मुल्य हो । अहिलेसम्मकै सस्तोमा अहिलेसम्मकै राम्रो बाईक आएको हो । यसमा फायरबल, स्टेलर र सुपरनोभा जस्ता तीन भेरियन्टहरूमा सुरू भएको छ ।

सुरुमा यो बाईक पहेलो, रातो र अन्य एक रंगहरूमा निस्किएको छ । यो बाइकले होन्डाको H’Ness CB350 र जावा ट्वीन्ससँग प्रतिस्पर्धा गर्नेछ।

अन्य समाचार : एम्बाप्पे र नेयमार बीच लफडा ? बाहिरियो यस्तो भिडियो ! [भिडियो सहित] एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले अपराजित यात्रालाई जारी राखेको छ। शनिबार राति घरेलु मैदानमा मोन्टपेलिएरमाथि २–० को सहज जित निकाल्दै अपराजित यात्रालाई पिएसजी निरन्तरता दिएको हो।

शनिबारको खेलमा इड्रिसा गाना गुआई र जुलियन ड्राक्सलरले गोल गर्दा किलियन एम्बाप्पे र नेयमारले भने गोल गर्न सकेनन्। मोन्टपेलिएर विरुद्धको खेलमा गोल गर्ने ड्राक्सलर खेलको ८७ मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए। मैदान छिरेको एक मिनेटमै उनले गोल गर्न सफल भए। ड्राक्सलरले गोल नेयमारको पासमा गरेका थिए।

नेयमारको पासमा ड्राक्सलरले गोल गरेपछि एम्बाप्पे भने खासै सन्तुष्ट देखिएनन्। सामाजिक संजालमा यति बेला एम्बाप्पेको एक भिडियो भाइरल भैरहेको छ। जसमा उनलाई ड्राक्सलरको गोल पछि असन्तुष्ट भएको स्पष्ट देख्न सकिन्छ। एम्बाप्पे असन्तुष्ट हुनुको कारण नेयमार हुन्।

खेलका क्रममा नेयमारले आफूलाई पास नदिएको एम्बाप्पेको आरोप छ। भाइरल भएको भिडियोमा पिएसजीका एक खेलाडीसंग कुरागर्नेक्रममा एम्बाप्पेले नेयमारले आफूलाई पास नदिएको बताएको देखिएको छ।

“उसले(नेयमार)ले मलाई पास नै दिएन।”,आरएमसी स्पोर्टका अनुसार फ्रेन्च भाषामा एम्बाप्पेल भनेका थिए। उक्त भिडियो पश्चात एम्बाप्पे र नेयमार बीच मनमुटाब शुरु भएको अनुमान लगाउन थालिएको छ।

खोल खडेरीमा एम्बाप्पे
एम्बाप्पे यति बेला सामान्य गोल खडेरीबारा गुज्रिरहेका छन्। गएको तीन खेलमा एम्बाप्पेले गोल गर्न सकेका छैनन्। सिजनका शुरुवाती खेलहरुमा पिएसजीका निर्णय बन्ने गरेका थिए। तर पछिल्ला तीन खेलमा भने एम्बाप्पेले सिजनको शुरुवातको जस्तै प्रदर्शन गर्न सकेनन्।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *