Monday , October 18 2021
Breaking News
Home / समाचार / यिनै हुन् सागर जसको बोल्दाबोल्दै आँखा अगाडी मृत्यु भयो

यिनै हुन् सागर जसको बोल्दाबोल्दै आँखा अगाडी मृत्यु भयो

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ । थप दुई जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक २२ वर्षका युवक सागर कार्की र ७२ वर्षीय बृद्ध रहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँके कोहलपुर नगरपालिका वडा नम्बर– ५ का २२ वर्षीय सागरको संक्रमणबाट ज्यान गएको थियो ।

यही असोज ४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टी भएको फोकल पर्सन तेज ओलीले जानकारी दिए । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए ।

तर, संक्रमण पुष्टी भएको पाँच दिनमै २२ वर्षका सागरको मृत्यु भएको उनले बताए । अस्पतालका अनुसार युवकको आईतबार बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको थियो । सागर बोल्दा–बोल्दै मृत्यु भएको हो । उनी मृत्युको केहीबार अघिसम्म आफ्ना कुरुवासँग बोलिरहेका थिए । यस्तै बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर– ४ का ७२ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान गएको छ ।

भेरी अस्पतालमा गत भदौं ३० गते संक्रमण पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै फोकल पर्सन ओलीले बताए ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *