Sunday , November 28 2021
Breaking News
Home / मनोरंजन / डान्स प्लस ६ को मञ्चमा भयो बबाल , गोल्ड मेडलिस्ट नीरज चोपडाले शक्ति मोहनलाई मञ्चमै गरे यस्तो हर्कत

डान्स प्लस ६ को मञ्चमा भयो बबाल , गोल्ड मेडलिस्ट नीरज चोपडाले शक्ति मोहनलाई मञ्चमै गरे यस्तो हर्कत

जब एथलीट नीरज चोपडाले टोक्यो ओलम्पिकमा गोल्ड मेडल जिते त्यहाँ देखि युवतीहरुको बीच उनको पपुलारिटी एकदमै बढेर गएको छ । उनी अहिले एक्कासी नेश्नल क्रस बनेका छन् हरेक ठाउँमा उनको चर्चा चुलिएको छ ।

तर एउटा खबर यस्तो आएको छ जस्ले उनका फ्यानहरुलाई बिचल्लित गराउन सक्छ । नीरजल चोपडाले रियालिटी शो डान्स प्लस ६ को आउने एपिसोडमा शक्ति मोहन लाई मञ्चमै प्रेम प्रस्ताव राखेका छन् ।

उनलाई मन पराउने युवतीहरुका लागि यो झट्का लाग्ने कुरा हुन सक्छ । हालै शो को एक भिडियो भाइरल भइरहेको छ । आउने एपिसोडमा नीरज एक स्पेशल गेष्टका रुपमा देखिने छन् । उक्त भिडियोमा शक्ति मोहनले एथलीट नीरज चोपडा संग आफुलाई प्रेम प्रस्ताव राखेर हेर्न चुनौति दिन्छिन् ।

नीरज पनि नडराई आउँछन् र मञ्चमै शक्तिलाई प्रस्ताव गर्छन् । यसैक्रममा उनी आफ्नो पहिलो माया भनेको ज्याभलिन नै रहेको तथा आफुलाई खाना बनाउन नआउने तथा शक्तिलाई पनि टाइम दिन नसक्ने बताउँछन् ।

अन्य समाचार : राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार साझ उक्त अध्यादेश खारेज गरेकी हुन्।

संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने अवस्थामा सरकार पुगेको छ।

सरकारले गत भदौ १ गते २० प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएलगत्तै माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए।

सत्ता गठबन्धनको एक दल जसपाले अध्यादेश फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जनाउदै आएको छ। यादवलाई अध्यादेश खारेज नभए आफ्नो दल विभाजन हुने चिन्ता थियो।

About admin

Check Also

बिवाह गर्न नमानेपछि सागर र प्रिज्माबीच ब्रेक अप

हास्य सिरियल ‘भद्रगोल’मा ‘बले’को भूमिकाबाट चर्चामा आएका सागर लम्साल पछिल्लो समय म्युजिक भिडिओमा पनि निकै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *