Thursday , January 27 2022
Breaking News
Home / अन्तरास्ट्रिय / शिद्धार्थको निधन पछि विक्षिप्त बनेकी शहनाजको बारेमा ज्योतिषीले गरे यस्तो डरलाग्दो भविष्यवाणी

शिद्धार्थको निधन पछि विक्षिप्त बनेकी शहनाजको बारेमा ज्योतिषीले गरे यस्तो डरलाग्दो भविष्यवाणी

एजेन्सी । रियालिटी शो ‘बिग बोस १३’ विजेता सिद्धार्थ शुक्लाको निधन पछि उनको निकै नजिककी साथी शहनाज गिल विक्षिप्त बनेकी छन् । उनी शिद्धार्थ गएको एक महिना सम्म पनि घरवाट बाहिर निस्केकी छैनन् । कसैसंग बोलेकी पनि छैनन् । उनको फिल्मको काम पनि रोकिएको छ । राम्रो गायीका र अभिनेत्री समेत रहेकी गिल सिद्धार्थको निकै नजिक थिइन् । एक अर्कालाई उनीहरु निकै माया गर्थे ।

सिद्धार्थसँग विवाह गर्ने तयारीमा रहेकी शहनाज गिल यो शोकबाट बाहिर आउन सकेकी छैनन् । केही समयअघि मात्र उनी काममा फर्कन लागेको समाचार सार्वजनिक भए पनि त्यो खबर गलत रहेको उनको परिवारले बताएका छन् । उनी अझै कसैसंग बोल्ने अवस्थामा पनि छैनन् ।

शहनाजको एक ज्योतिष डा। नवनिधि बधावाका अनुसार शहनाजले आफैंलाई घरमा कै द गरेर राखेकी छन् । ‘शहनाजले आफ्नो मुड फेर्नका लागि मेडिटेसनको सहारा लिनुपर्ने हुन्छ । योगा गर्दा उनलाई फाइदा हुन्छ । शहनाजको नम्बर २७ हो । सूर्य र केतूको दशाका कारण शहनाजको मुडमा पटक पटक परिवर्तन हुनेछ’, ज्योतिषले भनेकी छन् ।

नवनिधिले शहनाजका फ्यान र परिवारलाई सन् २०२२ सम्म अभिनेत्रीको हेरविचार गर्न आग्रह गरेकी छन् । आगामी दिनमा शहनाजका लागि निकै खराब समय रहने भएकाले पनि शहनाजको गतिविधिप्रति ध्यान दिन उनले भनेकी छन् । उनका अनुसार अहिले शहनाजको परिवारको एक सदस्य २४ सै घण्टा उनीसँगै हुने गर्छिन् ।

सिद्धार्थको निधनपछि शहनाज सामाजिक सञ्जालबाट टाढिएकी छन् । जसकारण पनि उनका फ्यानले उनको गतिविधिलाई नजिकबाट नियाल्न पाएका छैनन् । उनलाई भेट्नेहरुले पनि शहनाजको अवस्था निकै नाजुक भएको बताउने गरेका छन् । सबैलाई यो दुखवाट बाहिर आउन आग्रह गरेका छन् ।

About admin

Check Also

यो हो ‘इच्छा मृत्यु’ चाहनेहरुका लागि मेसिन: स्वीजरल्याण्डले ‘डेथ मेसिन’ लाई दियो कानुनी स्वीकृति, १ मिनेटै बिना पीडा हुन्छ मृत्यु

एजेन्सी । स्वीस सरकारले इच्छा मृत्युका लागि मेसिनको प्रयोगलाई कानुनी स्वीकृति दिएको छ । यो …

Leave a Reply

Your email address will not be published.