Thursday , January 27 2022
Breaking News
Home / समाचार / यिनै हुन् आज दुर्घटना हुदा अकालमै ज्यान गुमाएका आमा छोरा

यिनै हुन् आज दुर्घटना हुदा अकालमै ज्यान गुमाएका आमा छोरा

छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठ’क्क’र दिँ’दा दुवैजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठ’क्क’रबाट आमाछोराको मृत्यु भएको हो ।

सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ । स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडीसम्म छोड्न आमा आएकी थिइन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठ’क्क’र दि’एको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य समाचार : वर्षमान पुनलाई यस्तो वंशानुगत रोग देखियो, उपचारका लागि थाइल्याण्ड लैजाने तयारी काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन्। जण्डिसको वंशानुगत समस्या भएका पुन केहीदिनदेखि बिरामी छन्। काठमाडौमा उपचार गराइरहेका उनका परिवारले उपचारका लागि बाहिर लैजाने निर्णय गरेका हुन् ।

सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनलाई बुधबार विदेश उपचारका लागि लैजान लागिएको हो । उनलाई बुधवार बिहान बैंककस्थित समितिभेज अस्पतालमा लैजाने तयारी गरिएको छ । उनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ।

४ वर्षअघि पनि पुनलाई यस्तै समस्या देखिएको हो। त्यो बेलामा समेत पुनले बैंककमा उपचार गराएका थिए। यस अघि बैंककमै उपचार गरेका पुनलाई फेरी उतै लगिन लागेको हो ।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.