Sunday , November 28 2021
Breaking News
Home / समाचार / आज सार्वजनिक विदा

आज सार्वजनिक विदा

प्रदेश–२ सरकारले जितिया पर्वको उपलक्ष्यमा आज बुधबार सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी शुभकामना सन्देशमा प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बुधबार बिदा दिएको उल्लेख छ ।

पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीले मनाउने क ठो र व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् । सन्तानप्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन् भनी कामना पनि गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।

अन्य समाचार : अब ट्रायल पास भएको १० मिनेटमै लाइसेन्स दिइने सवारी साधन अनुमतिपत्र (लाइसेन्स) अब छोटो समयमै वितरण गरिने भएको छ । गण्डकी प्रदेशमा लिखित र ट्रायल पास भएपछि लगत्तै लाइसेन्स दिइने भएको हो ।

यातायात व्यवस्था कार्यालय, पोखराले ट्रायल उत्तीर्ण हुनासाथ लाइसेन्स दिने व्यवस्था गर्न लागेको हो । कार्यालय प्रमुख भरतराज काफ्लेका अनुसार असोज १५ देखि सेवाग्राहीलाई स्मार्ट कार्ड वितरण गरिनेछ ।

स्मार्ट कार्ड (लाइसेन्स) स्थायी नभई एक वर्षका लागि मात्रै भएको उनको भनाई छ । यातायात व्यवस्था विभागले अनुमति दिएपछि विभागको मापदण्डअनुसार वितरण गर्न लागिएको

हो । ट्रायल पास भएपछि कम्तीमा डेढ वर्षसम्म पनि स्थायी लाइसेन्स हात पर्दैन्थ्यो । ट्रायल उत्तीर्ण भएर राजस्व बुझाएको १० मिनेटमै सेवाग्राहीले कार्ड पाउनेछन् ।

लाइसेन्स प्रक्रिया नखुले पनि पहिलेकै बाँकी रहेकाले यतिबेला ट्रायलको काम भइरहेको छ । काफ्लेले भदौ २७ देखि असोज १३ सम्मको ट्रायलमा उत्तीर्ण भएकालाई पहिलो लटमा स्मार्ट

कार्ड दिइने बताए । उनका अनुसार एक दिनमा एक हजार कार्ड प्रिन्ट हुन्छन् । यसअघि बर्दिबास, लाहान, एकान्तकुना, जनकपुर, वीरगन्ज, नेपालगन्ज, धनगढी, दाङ र बुटवलमा सुचारु गरिसकेको उनले बताए ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *