Monday , December 6 2021
Breaking News
Home / Uncategorized / श्रीमानको दुर्घटनामा मृत्यु भएपछि १८ महिने नानी सहित भारतमा विचल्लीमा शोभा

श्रीमानको दुर्घटनामा मृत्यु भएपछि १८ महिने नानी सहित भारतमा विचल्लीमा शोभा

परिवारसहित भारतमा बस्दै आएकी एक महिला श्रीमानको मृत्युपछि १८ महिने शिशु सहित विचल्लीमा परेकी छिन् । डोटी घर भई हाल भारतमा मजदुरी गरी दैनिक जीवनयापन गर्दै आएका उनीहरु श्रीमानको मृत्युपछि विचल्लीमा परेका हुन् ।

डोटि जिल्ला स्थायी घर भई लामो समयदेखि भारतको महाराष्ट्र पुनामा रोजगारी गरी परिवार पाल्दै आएका श्रीमानको काम गरेर फर्किने क्रममा स्कुटी दुर्घटनामा परेर ज्यान गुमाएपछि शोभा गिरी र उनका १८ महिने शिशुको विचल्ली भएको हो । शोभाको अन्य कोही आफन्त पुनामा नभएपछि उनका श्रीमानको भारतमै अन्तेष्टी गरिएको थियो । अहिले १८ महिने नानीलाई बोकेर एउटा घरमा काम गरी जिविकोपार्जन गरिरहेको बताईएको छ ।

घरको आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएकाले उनलाई उद्धारको खाँचो रहेको हिमाल नेपालीले जानकारी दिनुभयो । उनीहरुको पालनपोषण गर्दै आएका श्रीमानको नै मृत्यु भएपछि यतिबेला शोभा बेसहारा बनेकी छिन् नेपालीले भने १८ महिने शिशुलाई काखमा च्याँपेर घरेलु काम गर्नुपर्ने स्थिति छ ।

विभिन्न सहयोगीहरुले सहयोग गरेमा उनलाई भारतबाट उद्धार गर्न सकिने उनले बताए । शोभाले ३ वर्ष अगाडी मात्रै विहे गरेकी थिईन् । एक सन्तानको समेत जन्म भएर खुसीयाली साथ जीवन बिताईरहेका परिवारमा एक्कासी बज्रपात परेको छ । बिहेपश्चात उनीहरु ईण्डीयाको महाराष्ट्रको पुनामा गएका थिए । उनका श्रीमानले सामान्य रेष्टुरेण्टमा काम गर्दै आएका थिए ।

शोभाले सबैले सहयोग गरेर आफ्नो उद्धार गर्न आग्रह गरेकी छिन् । सहयोग गर्न चाहाने व्यक्तिले ९८६७७४८९७१ मा सम्पर्क गर्न पनि सकिनेछ ।

About admin

Check Also

मुम्बईको २७ तले बंगला छाडेर सपरिवार बेलायत बसाइँ सर्दै अम्बानी

विगत केही दिनयता भारतीय सामाजिक सञ्जालमा हल्ला फिँजिएको छ– एसियाकै धनाढ्य मुकेश अम्बानी परिवारसँगै बेलायत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *