Sunday , November 28 2021
Breaking News
Home / समाचार / अदालतको आदेश बिपरित घरभित्र मान्छे हुँदाहुँदै डोजर चलाएर घर भ’त्काउदै महेश बस्नेतनिकट वडाध्यक्ष थापा

अदालतको आदेश बिपरित घरभित्र मान्छे हुँदाहुँदै डोजर चलाएर घर भ’त्काउदै महेश बस्नेतनिकट वडाध्यक्ष थापा

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापाले उच्च अदालतको अन्तरिम आदेशको ठाडो उल्लंघन गरी सर्वसाधारण जनताहरुको घरमा दलबलसहित आई डोजर लगाउने काम गरेका छन् ।

अदालते तत्काल स्थानीयको घर नभत्काउन निर्देशन दिए पनि मंगलबार दिउँसोदेखि घरभित्र मान्छे हुँदाहुँदै ब’लजब’स्ती डोजरको प्रयोग गरि घर भ’त्काइएको छ। कुनै जानकारी नदिई डोजर लिएर आएका वडाध्यक्ष थापाले सर्वसाधारणलाई घरबारबिहिन बनाउने नियतले घर भत्काउन लगाएको स्थानीयको आरोप छ ।

स्थानीय सरकारको जिम्मेवार पदमा भएको वडा अध्यक्षजस्तो व्यक्तिले गु’न्डाग’र्दी शैलीमा सर्वसाधारणलाई जे पनि गर्न सक्ने ध’म्कीसमेत दिएको पाइएको छ ।जनताको सेवामा समर्पित गणतान्त्रिक नेपालको स्थानीय जनप्रतिनिधिको यहीँ हो त चाला ? भन्दै स्थानीयहरु वडाध्यक्ष थापासँग आक्रोशित बनेका छन् ।

तर, वडाध्यक्ष थापा स्थानीयको कुराभन्दा पनि डोजर चलाउन व्यस्त रहेको त्यहाँका एक स्थानीय बताउछन् ।अध्यक्ष थापाको यो ज्या’दती सहन नसकेपछि असोज ११ गते बुधबार विष्णुकुमारी खड्काले आफू बसिरहेको घरमा डोजर ल्याएर भत्काउन लगाएपछि ग्रामिण सडक सुधार आयोजना, पुल्चोकलाई विपक्षी बनाई उच्च अदालतमा मु’द्दा दायर गरिन् ।

अदालतले उनले दायर गरेको मु’द्दा दुई पक्षबीच छलफल नगरी अघि बढाएको भन्दै तत्काल उक्त कार्य रो’क लगाउन आदेश दिएको छ ।तर, अध्यक्ष थापा गु’ण्डागर्दी शैलीमा उच्च अदालतको आदेश नमानी खड्कालगायत स्थानीयहरुको घर भ’त्काइरहेका छन् ।

यस विषयमा न्युज २४ ले वडाध्यक्ष थापालाई दुई पटक फोनसम्पर्क गर्दा उठाए । फोन उठाएपश्चात् उनलाई स्थानीयको घर भ’त्काउनका कारण के हो भनेर सोध्दा विकासको काम गरेको जवाफ दिए ।उनले भने, ‘विकासको काम गर्दा किन भाँजो हाल्ने ? सडकको मापदण्ड छ १० मिटर, सडक छैन ३ मिटर पनि ।

बाटो बढाएर वडाध्यक्ष हिँड्ने मात्र होइन होला । सबै हिँड्ने हो । किन अदालतमा मु’द्दा दायर गर्न आवश्यक थियो ? त्यसैले यति बुझ्नसु अहिलेलाई ।’उच्च अदालतले दुई पक्षबीच सहमती भएर मात्र काम अघि बढ्ने वा नबढ्ने बारे आदेश दिएको छ, अदालतको आदेश त पालना गर्नुपर्ला नि ? भन्ने प्रश्नमा उनले उल्टै ह’प्कीद’प्की गरे ।

उनले भने, ‘तपाई मिडिया आएर बाटो बनाउने होइन ? कि बनाइदिनुहुन्छ ? मलाई धेरै बोल्दिन यस विषयमा फोन राखे ।’उच्च अदालतको आदेशको विषयमा उनले बोल्न चोहनन् । वडाध्यक्ष थापा उल्टै गु’ण्डागर्दी शैलीमा उ’त्रिएर विकासमा भाँ’जो हालेको आरोप लगाए । अनि फोन राख्न भन्दै थर्काए ।अध्यक्ष थापा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनी एमालेको महेश बस्नेतनिकटका हुन् ।न्युज २४

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *