Monday , October 25 2021
Breaking News
Home / समाचार / मिथुन चक्रवर्तीले फोहोर बाट उठाएर ल्याएकी दिशानि, अहिले बलिउडमा तहल्का मचाउन तयार छिन

मिथुन चक्रवर्तीले फोहोर बाट उठाएर ल्याएकी दिशानि, अहिले बलिउडमा तहल्का मचाउन तयार छिन

मुम्बई / दुई दिन अघि अर्थात सेप्टेम्बर २६ का दिन भारतमा डटर्स डे (छोरी दिवस) मनाइएको छ ।उक्त दिवसमा सामान्य देखि कलाकारहरुले समेत आफ्ना छोरी हरुका तस्बिर शेयर गर्दै विभिन्न पोस्ट गर्दै उक्त दिन लाई सेलिब्रेट गरेका छन् ।

हुन त आज पनि त्यस्ता मानिसहरुको कमी छैन, जसले छोरी लाई बोझ सम्झन्छन् र छोरी जन्मनु लाई कंलकको रुपमा लिन्छन् ।त्यसैले, कतिपय ठाउँमा अहिे पनि छोरी लाई जन्मनै दिइँदैनन् र जन्मे पनि उनी हरु लाई मर्नका लागि फ्याँकिदिने गरिन्छ ।

वर्षौंअ घि भारतमा त्यस्तै एउटा घ टना घटेको थियो, तर बलिउडका एक कलाकार फोहोरको थुप्रोमा फ्याँकिएकी बच्चीका लागि भगवान प्रमाणित भए ।

अहिले तिनै बालिका बलिउडमा आफ्नो सुन्दरताले तहल्का मचाउनका लागि तयार छिन् ।एउटा अभागि आमा–बुबा, जसले आफ्नो घरकी लक्ष्मी लाई सडकमा मर्नका लागि छाडेका थिए, आज एउटा त्यस्ता पिता, जसले उनलाई आफ्नो भाग्य बनाएका छन् ।

फोहोरको थुप्रोमा फ्याँकिएकी बालिका लाई आफ्नो भाग्य सम्झेर छोरी बनाउने कलाकार अरु कोहि नभएर बलिउडका डिस्को डान्सर अर्थात दिग्गज अभिनेता मिथुन चक्रवर्ती हुन् ।

मिथुनको जिन्दगी किताबको पाना जस्तै खुल्ला छ, जसका बारेमा सबैलाई राम्रोसंग थाहा छ, तर मिथुन एउटा आदर्श पिता पनि हुन् भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ ।

धेरै वर्षअघि पश्चि बंगालमा मिथुनले फोहोरको थुप्रोमा फ्याँकिएकी बालिकालाई आफ्नी छोरी बनाएका छन् ।वर्षैं अघि एउटी बलिका लाई फोहोरको थुप्रोमा फ्याँकिएको थियो ।

त्यो समयमा कसैलाई पनि यस बारेमा थाहा थिएन ।तर जब ती बालिका रुन थालिन्, तब सबैलाई उनका बारेमा थाहा भयो ।त्यसपछि सरकारी संस्थाले उन लाई आफुसंग लिएर गए ।

यो कुरा मिथुनसम्म पुग्यो ।मिथुन ती बालिकालाई तुरुन्त भेट्न पुगे ।बालिका रोएको देखेर मिथुनको मन पग्लियो र उनले ती बालिका लाई आफु संग घर ल्याए ।

घरमा ल्याएपछि मिथुनले ती बालिका लाइृ आफ्नी श्रीमती योगितालाई दिए ।योगिता बालिका लाई देखेर अत्यन्त खुशी भइन् ।उनले प्रेमले उनलाई छातिमा टाँसिन् र आमाको माया दिइन् ।

मिथुनले जब ती बालिका लाई देखे, तब उनले एक रातमा बालिका संग सम्बन्धित सम्पूर्ण कागज पत्र बनाएका थिए ।मिथुन र योगिताले उनको नाम दिशानी चक्रवर्ती राखिदिए ।

मिथुनका तीन जना छोरा छन् ।मिथुनले दिशानी लाई आफ्ना तीन छोरा झै लालन पालन गरेका छन् ।अहिले दिशानी बलिउड प्रवेश गर्ने कुरा चर्चामा रहको छ ।

दिशानी लाई पनि फिल्म हेर्न र फिल्म प्रति रुची छ ।उनी सामाजिक सन्जालमा सक्रिय छिन् ।हटनेसमा पनि उनी शाहरुखकी छोरी सुहाना खान, शनाया कपूर,नव्या नवेली नन्दालाई कडा टक्कर दिन्छिन् ।आज उनी जे छिन्, सबै मिथुनको कारणले हो ।मिथुले नै दिशानीको जिन्दगी लाई नयाँ दिशा प्रदान गरेका हुन् ।

About admin

Check Also

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,’सादमा

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *