Monday , December 6 2021
Breaking News
Home / समाचार / मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती बुवाको फोन आएको थियो आवाज सुन्न मन नलागेर नबोली राखिदिए (भिडियो हेर्नुस्)

मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती बुवाको फोन आएको थियो आवाज सुन्न मन नलागेर नबोली राखिदिए (भिडियो हेर्नुस्)

काठमाडौ । नायीका पुजा शर्माले कहिल्यै आफुलाई पिताको अभाव नहुने बताएकी छन् । उनले जुन बेला आफुलाई पिताको सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपाएको साथ अब नचाहिने बताएकी छन् ।

वुवाले आमालाई तिरस्कार गरेका कारण आमासंग मात्रै बस्दै आएकी पुजाको संघर्षको जिवन छ । पुजालाई आमा एक्लैले हुर्काएकी हुन् । छोरी भएका कारण पुजा र उनको आमालाई परिवारले तिरस्कार गरेको उनले यस अघिका अन्तरवार्तामा बताएकी थिइन् ।

उनले भनिन्, मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्तिकै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मलाई अब चाहिएको छैन । मेरो हातखु्टा सहि सलामत छन् । आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अभाव अहिले छैन । उनले आफुलाई किन फोन गर्नु ? जतिवेला मलाई र मेरो आमालाई परिवारको साथ चाहिएको थियो त्यती बेला पाइएन । उनीहरु अब मलाई चाहिदैन ।

उनले आफुलाई जे काम गर्न पनि हिम्मत लाग्ने बताएकी छन् । त्यो साहस आफुलाई आमाले नै दिएको बताएकी छन् । आमानै आफ्नो जिवन भएकाले आफुलाई आमाले मात्र हेण्डल गर्न सक्ने बताएकी छन् । आमासंग टाढा हुन नपरोस भनेर नै आफुले विवाहका बारेमा अहिले सोच्न नसकेको बताएकी छन् ।

उनले सकेसम्म धेरै समय आमासंगै बिताउन चाहेकै कारण विवाह पनि ढिलो गर्ने सोच बनाएको बताएकी छन् । कता कता डर लाग्छ विवाह गरेर जाने घर कस्तो पर्ने हो ? आमालाई हेर्न पाउँछु की पाउँदिन यो सबै कुरा सोचेर पनि विवाहको बारेमा सोच्न सक्दिन ।

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *