Sunday , November 28 2021
Breaking News
Home / मनोरंजन / अभिनेत्रीद्वय आना र उपासना एउटै फिल्ममा देखिदै

अभिनेत्रीद्वय आना र उपासना एउटै फिल्ममा देखिदै

काठमाडौं । अभिनेत्रीद्वय आना शर्मा र उपासना सिंह ठकुरी एउटै फिल्ममा देखिने भएका छन् । ‘जेरी’ फेम अभिनेत्री आना शर्मा र ‘क्याप्टेन’फेम अभिनेत्री उपासना सिंह ठकुरी ‘योलो’ फिल्ममा सँगै देखिने भएका हुन् ।

मित्रताको कथा बोल्ने ‘योलो’लाई विवेक सुवेदीले निर्देशन गर्दैछन् । फिल्मलाई इटालीमा छायाङ्कन गरिने निर्माण टिमले जनाएको छ । जसको लागि भिसाको तयारी चलिरहेको बताइएको छ । अक्टोवरको अन्त्यबाट फिल्मको छायाङ्कन सुरु गरिने बताइएको छ ।

अन्य समाचार : आर्यन दाइबाट धेरै कुरा सिक्छु भन्ने आश छः उपासना १ बर्ष भन्दा लामो ग्यापपछि नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’ साइन गरिन् । चलचित्रमा उनी नायक आर्यन सिग्देलको जोडीको रुपमा देखिदैछन् । चलचित्रलाई प्रेम र थ्रिलर कथामा प्रस्तुत गर्ने तयारी यसको निर्माणपक्षको छ ।

चलचित्र साइन गर्दा निकै नै ध्यान दिने गरेकी नायिकाले आर्यनसँग काम गर्नका लागि हुन्छ किन भनिन् होला ? अनलाइनखबरसँग कुरा गर्दै उपासनाले भनिन्–‘मलाई चलचित्रको कथावस्तु र टिम निकै मन पर्यो । यसैले पनि म काम गर्न उत्साहित भएकी हुँ ।’

नायक आर्यन सिग्देलसँग काम गर्न पनि आफू अत्यन्त उत्साहित रहेको उपासना बताउँछिन् । उपासना भन्छिन्–‘म चलचित्र क्षेत्रमा नआउँदै एकपटक आर्यन दाइको सुटिङमा पुगेकी थिएँ । सो समयमा मैले आर्यन दाइसँग तस्वीर पनि खिचेकी थिएँ । आर्यन दाइबाट धेरै कुरा सिक्छु भन्ने लागेको छ ।’

उपासना आफू सधै नै नयाँ भूमिकामा काम गर्दा उत्साहित हुने बताउँछिन् । यसैले पनि आफूले नयाँ नयाँ कथा रोज्ने गरेको उनको तर्क छ ।

उपासनाले भनिन्–‘म हरेक चलचित्रमा एउटै भूमिका गर्नुपर्छ भन्ने सोच्दिनँ । नयाँ भूमिका आउँदा मेरो ध्यान जान्छ । डिसेम्बर फल्सको कथाले पनि मलाई यही कारणले आकर्षित गरेको हो ।’ चलचित्र ‘क्याप्टेन र कबड्डी कबड्डी कबड्डी’मा काम गरेपछि चर्चामा आएकी उपासना ‘डिसेम्बर फल्स’ले पनि दर्शकलाई निराश नबनाउने दाबी गर्छिन् ।

About admin

Check Also

बिवाह गर्न नमानेपछि सागर र प्रिज्माबीच ब्रेक अप

हास्य सिरियल ‘भद्रगोल’मा ‘बले’को भूमिकाबाट चर्चामा आएका सागर लम्साल पछिल्लो समय म्युजिक भिडिओमा पनि निकै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *