Monday , December 6 2021
Breaking News
Home / समाचार / सिन्धुपाल्चोकमा केन्द्रबिन्दु भएर गयो ठुलो भूकम्पको धक्का : सचेत रहन आग्रह

सिन्धुपाल्चोकमा केन्द्रबिन्दु भएर गयो ठुलो भूकम्पको धक्का : सचेत रहन आग्रह

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४।२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ ।

यो पनि, चुँदरे खानेपानी योजना सम्पन्न
रोटरी क्लब अफ दमौलीका सहयोगमा व्यास नगरपालिका–५ चँुदरेमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । सो योजनाबाट नेपालटारका २२९ घरघुरीका करिब एक हजार १०८ प्रत्यक्ष लाभान्वित भएका छन् । रु एक करोड १६ लाख ४० हजार २०० को लागतमा सो आयोजना सम्पन्न भएको हो । उक्त खानेपानी आयोजनाको कूल लागतमध्ये रु ८४ लाख ८१ हजार ६६७ रोटरी क्लब अफ होनोलुल सेनसेटबाट प्राप्त भएको थियो ।

नगरपालिकाबाट रु ३१ लाख ५८ हजार ५४३ सहयोग गरेको क्लबका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । इलेक्टिक लिफ्टिङ प्रविधिको प्रयोग गरी ८४५ मिटर दूरीको मुहानबाट पानी ल्याई तीन ट्याङ्कीमा पानी सङ्कलन गरी प्रत्येक घरमा खानेपानी वितरणको व्यवस्था मिलाइएको छ । करिब ५० घनमिटर, २० र दुई घनमिटरको ट्याङ्कीमा प्रत्येक एक घण्टामा १० हजार पानी सङ्कलन बताइएको छ ।

आयोजनाको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भूटानका निवर्तमान डिष्ट्रिक गर्भनर राजीव पोख्रेल र नगरप्रमुख वैकुण्ठ न्यौपानेले संयुक्तरुपमा विहीबार योजनाको शुभारम्भ गर्दै समुदायलाई हस्तान्तरण गर्नुभएको थियो । विगत लामो समयदेखि खानेपानीको अभावमा झेल्दै आएका सो क्षेत्रका बासिन्दा घरघरमा पानीको धारा पुगेपछि खुसी छन् ।

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *