Sunday , November 28 2021
Breaking News
Home / समाचार / तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पक्राउ पर्न सक्ने !

तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पक्राउ पर्न सक्ने !

सर्वोच्च अदालतले प्रहरीले हा’ ‘नेको गो’ ‘लीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो।

सर्वोच्चको आदेशसँगै दुई वर्ष पहिलेको यो जाहेरी पुनः अगाडि बढाउनु पर्ने बाध्यता प्रहरीलाई आइलागेको छ। अब प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउने निवेदकका कानुन व्यवसायी इन्द्रप्रसाद अर्यालले बताए।

‘अदालतको आदेशसँगै सात दिनभित्रमा जाहेरी दर्ता हुन्छ। जाहेरी दर्ता भइसकेपछि ज्या’न मुद्दामा अनुसन्धान गरेर दोषीलाई मुद्दा चलाउनु पर्ने हो,’ अर्यालले भने, ‘त्यहाँसम्म पुग्लान् भन्ने लागेको छैन। अब अनुसन्धानलाई छल्ने उपाय अपनाउन खोज्छन्। हामी निरन्तर फलोअप गरेर दोषीलाई जोगाउन दिँदैनौँ।’

सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल वि’वादा’स्पद ‘इ’न्का’उ’न्टर’ मा मा’रि’एका थिए।

उनी मा’रि’एप’छि परिवारका सदस्य जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गर्न गएका थिए। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सर्वोच्च अदालतमा जाहेरी दर्ताको आदेश माग्दै रिट निवेदन दर्ता गराइएको थियो।

असोज १२ मा सर्वोच्च अदालतले प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान गर्न आदेश गरेको हो। रिट निवेदक दुर्गादेवी पौडेलले तत्कालीन गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक खनाललाई समेत विपक्षी बनाई रिट निवेदन दर्ता गराएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय, सरकारी वकिलको कार्यालय सर्लाहीसमेतलाई विपक्षी बनाइएको मुद्दामा आदेशको सूचना पाएको सात दिनभित्र जाहेरी दर्ता गर्न सर्वोच्चले आदेश दिएको हो। २०७६ असार ५ गते प्रहरीको गो’ ‘लीबाट मा’रि’एका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारको जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

जाहेरीमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, सर्लाहीका तत्कालीन प्रहरी प्रमुख एसपी गोपाल भट्टराई, तत्कालीन प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका निरीक्षक किरणप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत नायब निरीक्षक सूर्यकुमार कार्कीको सं’ल’ग्नता रहेको दाबी गरिएको छ।

यस्तै जिल्ला अस्पताल सर्लाहीमा कार्यरत डा. वीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी हवल्दार सत्यनारायण मिश्र, सोही कार्यालयमा कार्यरत हवल्दार विनोद शाह, प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह, बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको नाममा पनि किटानी जाहेरी छ।

तर, जिल्ला प्रहरी कार्यालयमा त्यतिबेला दिइएको जाहेरीमा पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी सर्वेन्द्र खनालको आदेशमा भएको भनिएको छ। सं’लग्नको बयानबाट खुलेपछि सोही अनुसार सं’लग्नहरुलाई सजाय गर्न माग गरिएको छ।

मधेस जनआन्दोलनको बेला चुरे भावर पार्टीको सर्लाही जिल्ला अध्यक्ष भएका पौडेल पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपामा आ’वद्ध थिए। तर उनी भूमिगत थिएनन्। २०७५ जेठ बाटै उनले आफूमाथि स्थानीय प्रहरीले निगरानी बढाएको आफन्तसँग बताउँथे।

घटनाभन्दा केही पहिले उनलाई सुरक्षित रहन सीडीओले नै आग्रह गरेको परिवारको जाहेरीमा उल्लेख छ। स्थानीय प्रहरीले पनि खतरा हुनसक्ने भन्दै केही समय जिल्लाबाहिर बस्न सुझाव दिएका थिए। तर, कुमारले प्रहरीले न’मा’र्ने र पक्राउ मात्रै गरे राजनीतिक उचाइ बढ्ने बताउने गरेका थिए।

घटनाको अघिल्लो दिन पिपलडाँडास्थित अमर घलानको घरमा बास बसेका थिए उनी। घटनाको बिहान मित पूर्ण रानाको घरमा बसेको र दिउँसो ४ बजे घर आउँछु भनेका थिए। मितको घरमै बसिरहँदा सादा पोसाकका प्रहरी आएको सुइँको पाएपछि उनले त्यहाँबाट जाने तयारी गरे। त्यहाँबाट निस्किँदा कुमारको बाइकको पछाडी एकजना र अर्को बाइकमा दुई जना पनि सँगै निस्किएका थिए।

‘जंगलको बीचमा बाइक रोकेर ओर्लिन लाग्दा दुई जना सादा पोसाकका प्रहरीले क’न्चटमा पे’स्तो’ल ता’क्दै तँ कुमार पौडेल होस् भनेर सोधे। कुमारले होइन भनेपछि मास्क खोल्न लगाए। प्रहरीले चिनेपछि तँ बाइकबाट झर् भनेर हात माथि ग’र्द’नमा लगाई भुइँमा घुँ ‘डा टे’के’र घो’प्टो प’र्न ल’गाएर गो’ ‘ली प्र’हा’र गरे,’ दुर्गादेवीको जाहेरीमा भनिएको छ।

उनीसँगै बाइकमा गएका व्यक्ति भने त्यही क्रममा भा’गे। घटना हुनुभन्दा केही दिन पहिलेबाटै त्यस क्षेत्रमा प्रहरीको चहलपहल बढेको थियो। घटनाको दिन बिहान स्थानीयलाई माटो लिन जाँदा पनि जंगलमा ह’रि’ण मा’ र्न लागेको छ भन्दै रोकिएको थियो। कुमारका भाइ हरिकृष्ण दिउँसो ३ बजेतिर घटनास्थल पुगे।

घटनास्थलमा ला’ स र प्रहरी दुवै थिएनन्। त्यसपछि उनी लालबन्दी इलाका प्रहरी कार्यालय पुगे। त्यहाँ दुई तीन जना मात्रै प्रहरी थिए। उनीहरुले घटना त्यहाँका प्रहरीबाट नभएको बताएपछि हरिकृष्ण नवलपुर प्रहरी कार्यालय पुगे।

त्यहाँका प्रहरीले पनि हामीले मा ‘रेको होइन भनेर जवाफ दिए। त्यसक्रममा प्रहरीसँग उनको लफडा प¥यो। पछि उनी घर फर्किए। असार ८ गते सत्य तथ्य पत्ता लगाउन र निष्पक्षको छानबिनको माग गर्दै परिवार र आफन्त जिल्ला प्रहरी कार्यालय पुगे। त्यतिबेला प्रदेश नं २ कार्यालयबाट मानवअधिकार आयोगको टोली पनि त्यहाँ पुगिसकेको थियो। सुरुमा प्रहरीले दोहोरो भि’ड’न्त’मा मा’रि’ए’को लेखेको कागजातमा सनाखत गर्न द’बाब दियो। तर, हरिकृष्णले अस्वीकार गरे। पछि प्रहरी कारबाहीमा मा’रि’एको भनेपछि मात्रै उनले शव बुझ्ने सहमति गरे।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *