Monday , December 6 2021
Breaking News
Home / समाचार / बल्ल खुल्यो सीताको मृत्युको कारण, उनले प्रयोग गर्ने आइफोनमा भेटियो श्रीमानका नाममा लेखेको नोट

बल्ल खुल्यो सीताको मृत्युको कारण, उनले प्रयोग गर्ने आइफोनमा भेटियो श्रीमानका नाममा लेखेको नोट

काठमाडौ । रुपन्देही तिलोत्तमा नगरपालिका(५ की २७ वर्षीया सीता भण्डारी पौडेलले मृत्युको कारण खुलेको छ । उनले आफै मृत्युको वाटो रोजेको प्रहरी अनुसन्धानवाट देखिएको छ । घटना भएको करिब एक महिना हुँदा सम्म परिवारले उनको शव बुझेका छैनन् । माइती पक्षले सीताले आफै यस्तो निर्णय लिएको नभई परिवारको संलग्नता भएको आरोप लगाएका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै उनको मृत्युको कारण पनि खुलाएको छ । पौडेलको शव भदौ २० गते बिहान आफ्नै कोठामा फेला परेको हो ।

सीताको मृत्यु घटनालाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए।

अनुसन्धान अनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभएको खुलेको छ । पोष्टमार्टम रिपोर्टले पनि त्यही देखाएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।

अनुसन्धानका क्रममा सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो। परिक्षणका क्रममा सीताले श्रीमानको नाममा लेखको नोट पनि फेला परेको छ । उनले प्रयोग गर्ने आइफोनमा नोट फेला परेको हो ।

डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा नोट लेखेको भेटियो पत्रकार सम्मेलनमा थापाले भने । उनले करिब राती १२ वजे नै नोट लेखेको देखिएको प्रहरीले जनाएको छ ।

‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो, म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँ च्न सकिनँ भनी लेखिएको छ,’ थापाले भने, ‘मेरो सबै गरगहना मेरी आमालाई दिनु भनिएको छ।’

सीता र श्रीमान टिका पौडेलबीच २०७६ असोज १८ गते विवाह भएको थियो। उनीहरूका सन्तान छैनन्। विवाह भएपछि उनीहरू दुबै पाल्पा जिल्ला धरमपानीस्थित द दरबार रिसोर्ट सञ्चालन गरी बस्दै आएका थिए।

प्रहरी उपरीक्षक मनोज केसीका अनुसार पौडेल परिवारमा सम्पत्ति बाँडफाँटबारे विवादका कारण सीताले यस्तो निर्णय लिएको बताइएको छ । जेठाजुको छोरीको जन्मदिन भनेर तीज मान्न माइत गएकी सीता घर फर्किएकी थिइन् । जन्मदिनको पार्टी पछि पनि सोही विषयमा विवाद भएको अनुसन्धानमा देखिएको छ ।

‘श्रीमान्(श्रीमती बिक्री गर्नुपर्ने पक्षमा थिए, तर त्यस कुरालाई परिवारले मानेका थिएनन् । सासु ससुरा र अमाजुले बेच्न हुँदैन भन्ने पक्षमा थिए । आमाजुले त्यो मामलामा श्रीमान्(श्रीमतीबीचमा फाटो ल्याउन भूमिका खेलेको देखियो’ थापाले बताए ।

सीता गत भदौ ५ गते नै आफ्नो जन्मदिन मनाउन माइत आएकी थिइन्। भदौ १९ गते सीता आफ्नो माइती घर तिलोत्तमा नगरपालिका वडा नं। ८ बाट घर फर्किएकी थिइन्।

जन्मदिन मनाएपछि श्रीमान्श्री-मतीबीच रिसोर्टको बिक्रीबारे पुनस् विवाद भएको थियो। विवादपछि श्रीमानलाई सीताले नै सम्झाएर कोठामा लगेकी थिइन्। अबेरसम्म म दि रा से व न गरेपछि टिका श्रीमतीसाथ सुतेका थिए। तर उनी ब्युझिदा सीताको मृत्यु भइसकेको थियो । थिइनन् ।

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *