Monday , October 18 2021
Breaking News
Home / मनोरंजन / हिमानी शाहले यसरी मनाइन् जन्मदिन ( ४ तस्विर सहित)

हिमानी शाहले यसरी मनाइन् जन्मदिन ( ४ तस्विर सहित)

पूर्वयुवराज्ञी हिमानी शाहले शुक्रबार आफ्नो ४५ औं जन्मदिन मनाएकी छन्। शाहले जन्मदिन उत्सवका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। उनको जन्म १ अक्टोबर १९७६ मा भारतको राजस्थानमा भएको थियो । हिमानी हाल एक्लै बस्दै आएकी थिइन । हिमानीको श्रीमान पारससँग सम्बन्ध राम्रो नभएको भनिदै आएको छ ।

हाल राजनीतिबाट अलग रहेकी हिमानी सामाजिक कार्यमा जुटेकी छन् । उनको हिमानी ट्रष्ट नामक संस्था छ । हिमानी सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी छन्।

हिजो मात्र एक कार्यक्रममा शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी थिइन । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताईन ।

उनले आय आर्जनका लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताईन । युवा र महिलाहरुलाई गरिबी निवारण गर्नका लागि नयाँ तौरतरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्ने बताईन । उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताईन । उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने बताईन ।

पूर्व युवराज्ञी शाहले भनिन्, ‘नेपाली हुनुको नाताले अब समय आयो सबै एक भएर सोचौँ, मनन गरौँ कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौँ, आय आर्जनका लागि दिगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी सो मार्फत् युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्यमध्येको एक हो, यसका लागि नवीन परिवर्तनात्मक तौर तरिकाको खोज अन्वेषण आवश्यक छ ।’

उनले भनिन्–‘सम्पूर्ण नेपालीहरुलाई निश्चित समयभित्र कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न आवश्यक छ, कृषि क्षेत्रमा रहँदै आएका, किसानले भोगिरहेका समस्या समाधान गरिनुपर्छ, पर्यावरण सन्तुलनका लागि हरित प्रयोग, नेपाल र नेपालीका लागि स्थानीय लक्ष्य, नेपाली वन, नेपाली वस्तु किन भन्ने जस्ता नाराहरु आज अझ बढी यथार्थ भएको छ ।’

मुलुकमा भइरहेको पृथबाहू, प्रतिभा पलायन र ज्ञान, सीप एवं क्षमताबीचको दूरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौँ, न त यो स्थितिलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ ।

पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताईन ।

उनले मुलुकको सेवा गरे मात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणका लागि प्रयत्नरत गरिरहनुपर्ने बताईन ।

About admin

Check Also

गायक रामजी खाँडले बनाए राजधानीमै ५ करोडको घर ( भिडियो हेर्नुहोस् )

लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *