Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / ‘खुसी नै सकिएपछी पैसाको के काम’ भन्दै नागा संग २ सय करोड नलिने सामन्थाको निर्णय,

‘खुसी नै सकिएपछी पैसाको के काम’ भन्दै नागा संग २ सय करोड नलिने सामन्थाको निर्णय,

तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था र अभिनेता नागा चैतन्यले आफ्नो सम्बन्ध विच्छेद भएको घोषणा गरिसकेका छन् । चार वर्ष लामो वैवाहिक सम्बन्धपछि दुईले यो निर्णय लिएका हुन् ।

शनिबार सामाजिक सञ्जालमार्फत् सामन्थाले सम्बन्ध विच्छेदबारे घोषणा सार्वजनिक गरेकी थिइन् । सम्बन्ध विच्छेदपछि सामन्थाले भत्ताका रुपमा पचास करोड भारु पाउने खबरहरु प्रकाशित भएका थिए । तर उनले भने यो रकम लिन अस्विकार गरेकी छन् ।

सामन्थाको नजिकका स्रोतअनुसार उनलाई सुरुमा दुई सय करोड भारुभन्दा बढी रकम दिने प्रस्ताव गरिएको थियो, तर आफ्नो सम्बन्ध समाप्त गर्न एक पैसा पनि नचाहिने सामन्थाले बताएकी छन् ।

‘अहिलेको क्षणमा सामन्था दु:खी र विचलित भएकी छिन्,’ उनका स्रोतले भनेका छन्, ‘उनलाई यो विवाहबाट माया र साथको जरुरी थियो । अब सम्बन्ध नै समाप्त भएपछि उनलाई यसबाट अरु केही चाहिँदैन ।’

सामन्था र चैतन्यको प्रेमसम्बन्ध सन् २०१० देखि सुरु भएको थियो । ‘ये माया चेसाबे’ फिल्ममा सँगै काम गर्ने दौरान उनीहरु प्रेममा परेका थिए । उनीहरुले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए । सामन्थाले आफ्नो नामबाट नागाको थर हटाएपछि उनीहरुको सम्बन्ध विच्छेदको हल्ला भएको थियो ।

योसँगै यी दुई वैवाहिक परामर्श लिन गएको जानकारी पनि आएको थियो। जसले उनीहरुको सम्बन्धमा समस्या आउन थालेको देखिएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार चैतन्यसँगको सम्बन्ध बिग्रिएसँगै सामन्थालाई मानसिक आघात भइरहेको छ ।

यो पीडा भुल्न उनी काममा मात्र ध्यान केन्द्रित गरिरहेकी छन् । स्रोतका अनुसार हाल आफ्नो पीडा बढाउने खालका कुनै पनि फिल्ममा काम गर्न चाहिरहेकी छैनन्, किनकी अहिले उनको जीवनमा त्यस्तै स्थिति आइरहेको उनि बताउछिन् ।

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *