Monday , October 25 2021
Breaking News
Home / अन्तरास्ट्रिय / उड्नै लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

उड्नै लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

काठमाडौ । वुद्ध एयरको विमानमा समस्या आएको घटना सेलाउन नपाउँदै फेरी त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनवाट जोगिएको छ ।

त्रिभुवन विमानस्थलमा श्री एयरको विमान घाँसे मैदानमा चिप्लिएको छ । काठमाडौवाट नेपालगञ्जका लागि तयार भएको विमान टेक अफ हुनका लागि गुड्दै गर्दा चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

नेपालगन्ज उड्न लागेको ९ एनएएनएफ कल साइन भएको क्यु४००(८ जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर विमानस्थल स्रोतले जनाएको छ । विमान चालक दलका ४ कर्मचारी सहित ८० जना यात्रु लिएर जहाज नेपालगन्ज उड्न लागेको थियो । जहाज चिप्लिएर घाँसे मैदानमा पुगेका कारण जहाज धावनमार्गमा नभएकाले कारण उडान भने सञ्चालन भइरहेको छ ।

विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ । यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भएको विमानस्थल कर्मचारीले जनाएका छन् ।

About admin

Check Also

बन्जीजम्पका क्रममा खुट्टा बाँधिएको डोरी चुँ’डिएपछि ८० फिट तल खसेर महिलाको मृ’त्यु [भिडियो सहित]

काठकाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ । यी महिलाले बन्जीजम्प …

Leave a Reply

Your email address will not be published. Required fields are marked *