Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / पार्टीमा शाहरुखका छोरासँग अर्का ठूला अभिनेताकी छोरी थिइन्

पार्टीमा शाहरुखका छोरासँग अर्का ठूला अभिनेताकी छोरी थिइन्

काठमाडौं। मुम्बइ नजिक समुद्रमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले अहिलेसम्मको सबैभन्दा ठूलो छा’पामा’र कारवाही गर्दै एक ठूला अभिनेताका छोरा समेत १३ जनालाई हिरासतमा लिएको छ । कार्डेलिया द इम्प्रेस नामको क्रुज शिपबाट समातिएका यीमध्ये ८ जनालाई औपचारिक रुपमा गि’रफ्तार गरिएको छ । यो मामिलामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसँग पनि सोधपुछ भइरहेको छ ।

एनसीबी सूत्रलाई उद्धृत गर्दै भारतीय अखबार दैनिक भास्करले जनाएअनुसार क्रुजमा शाहरुखका छोरासँगै बलिउडमा प्रतिष्ठित अर्का ठूला अभिनेताकी छोरी पनि थिइन् । कुन अभिनेताकी छोरी को हुन् भन्ने विषयमा खुलाइएको छैन । उनलाई हिरासतमा लिइएको छ वा छैन भन्ने विषयमा पनि एनसीबीले कुनै जानकारी दिएको छैन । क्रुजको एक फोटो पनि सार्वजनिक भएको छ । फोटोमा आर्यन खान र उनका साथी अरबाज मर्चेन्टको साथमा एक युवती पनि छिन् ।

यी युवतीको केसमा सं’लग्न’ता थियो वा थिएन, उनी पार्टीमा सहभागी थिइन् वा थिइनन् भन्ने विषयमा प्रस्ट हुन नसकेकोले उनको पहिचान लुकाइएको छ । सूत्रका अनुसार क्रुजमा भइरहेको पार्टीमा गएकाहरुले आफ्नो पाइन्टको सिलाइमा, महिलाहरुले पर्सको ह्याण्डलमा, भि’त्री व’स्त्रको सिलाइ गरिएको भागमा र कलरको सिलाइमा ड्र’ ‘ग्स लु’का’एर लिएर गएका थिए ।

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *