Thursday , October 28 2021
Breaking News
Home / समाचार / आर्मी ब्यारेक भित्रवाटै बिरामी श्रीमान हराए, जुम्ल्याहा साना बच्चा छोडेर काठमाडौ खोज्न आइन् श्रीमती (भिडियो हेर्नुस्)

आर्मी ब्यारेक भित्रवाटै बिरामी श्रीमान हराए, जुम्ल्याहा साना बच्चा छोडेर काठमाडौ खोज्न आइन् श्रीमती (भिडियो हेर्नुस्)

काठमाडौ । ब्यारेकको मेडिकल वार्डमा काम गर्ने श्रीमान आर्मी ब्यारेकवाट हराएका छन् । विवाह गरेको करिब ९ वर्ष भइसकेको थियो । तर श्रीमानको कुनै नराम्रो बानी ब्यवहार भएको पनि श्रीमतीलाई थाहा थिएन । तर अचानक ब्यारेकवाटै श्रीमान हराएपछि श्रीमती खोजी गर्दै काठमाडौ आइपुगीन् ।

यो घटना मिना तामाङको हो । उनका श्रीमान असोज ३ गतेवाट हराएका हुन् । उनी पोष्टेडका कारण स्वास्थ्य समस्यामा थिए । उनी दुखाइ सहन नसकेर श्रीमतीसंग एक पटक राम्रोसंग उपचार गराउन पाए हुन्थ्यो भनिरहन्थे । त्यसैले उनले उपचार पनि गरे । शल्यकृया पछि उनी फेरी ब्यारेक फर्कीएका थिए । शल्यकृया गरेपछि पनि दुखाई कम नभएको श्रीमतीलाई सुनाएका थिए । उनका श्रीमानको नाम

अर्जुन कुमार तामाङ हो । ताप्लेजुङ घर भएकी मिना अहिले घरमा दुई छोरा छोडेर श्रीमान खोज्दै काठमाडौ आएकी हुन् । ५ वर्ष लागेका दुई जुम्ल्याहा छोरा छोडेर काठमाडौ आएकी उनले अझै श्रीमान कहाँ छन् भन्ने थाहा पाउन सकेकी छैनन् । ब्यारेकको सीसीटीभी क्यामेरा हेर्दा पनि उनी कतै बाहिर गएको देखिदैन । शल्यक्रिया गरेर ब्यारेक गएपछि श्रीमतीले लगातार फोन गर्दा पनि उनले उठाएका थिएनन् । त्यसपछि उनले बहिनीलाई पनि भिनाजुको खोजी गर भनेर पठाइन् ।

बहिनीले ब्यारेक भित्रकै मेडिकलका अर्का कर्मचारीलाई भिनाजुको बारेमा सोध्दा उनले म बाहिर आएको छु दाई मेडिकलमै हुनुहुन्थ्यो भनेर सुनाए । तर साँझ उनी फर्केर ब्यारेकमा खोजी गर्दा उनी फेला परेनन् । त्यसपछि आफुले बहिनीलाई ब्यारेकमै गएर भिनाजुको खोजी गर्दा पनि उनी फेला परेनन् । अहिले सम्म खोजी गर्दा पनि अर्जुन फेला परेका छैनन् ।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *