Monday , October 18 2021
Breaking News
Home / समाचार / संखुवासभा घटनामा बल्ल आयो अदालतको यस्तो आदेश

संखुवासभा घटनामा बल्ल आयो अदालतको यस्तो आदेश

काठमाडौ । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको शव फेला परेको घटनामा अदालतले मंगलवार आदेश दिएको छ । घटनामा संलग्न भन्दै प्रहरीले पक्राउ गरेकाहरुलाई अदालतले थु ना मा राख्न आदेश दिएको छ. हो । यो घटनाको सुनुवाई संखुवासभा जिल्ला अदालतमा भएको हो । अदालतले चार जनालाई पुर्पक्षका लागि थु नामा राख्न आदेश दिएको हो ।

मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थु नामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए । अदालतले १७ वर्षीय नरेश कार्कीलाई भने बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ ।

उनको उमेर १८ वर्ष नपुगेकाले अदालतले यस्तो आदेश दिएका हो । नाबालकलाई थु नामा पठाउन नमिल्ने कानुनी प्रावधान छ । गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया उनीकी आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको शव छरिएको अवस्थामा फेला परेको थियो । सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीहरुकै नातेदार संलग्न भएको देखिएपछि पक्राउ गरेको हो ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *