Monday , October 25 2021
Breaking News
Home / प्रमुख समाचार / ३३ किलो सुन काण्डमा संलग्न रहेका गोरेसहित छ जनालाई जन्मकैदको फैसला

३३ किलो सुन काण्डमा संलग्न रहेका गोरेसहित छ जनालाई जन्मकैदको फैसला

जिल्ला अदालत मोरङले आज सनम शाक्य ह’ ‘त्याका’ण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने गोरेसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाउनुभएको छ भने अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिनुभयो ।

गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताउनुभयो । मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते ‘आ’पराधि’क समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अ’वैध कारोबार, अ’पहर’ण तथा श’रीर ब’न्ध’क र क’र्तव्य ज्या’न’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो ।’

About admin

Check Also

दुखद खबर- भारी वर्षापछि आएको पहिरोमा पुरिएर १७ जनाको मृत्यु, थप बिबरणसहित

काठमाडौँ । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *