Thursday , October 28 2021
Breaking News
Home / समाचार / ठुलो दुर्घटना हुनबाट बच्यो बुद्ध एयरको बिमान

ठुलो दुर्घटना हुनबाट बच्यो बुद्ध एयरको बिमान

काठमाडौं : बुद्ध एयरको विमान सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ। काठमाडौंबाट सुर्खेतका लागि उडेको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो। बुधबार विहान सवा ९ बजेतिर सुर्खेत पुगेको विमान सुर्खेतको आकाशमा तीन फन्को लगाएर नेपालगञ्ज विमानस्थल फर्काइएको छ। विमानस्थल ल्याण्ड हुने क्षेत्र काँक्रेविहारतर्फको मौसम नखुल्दा केही समय जहाज आकाशमा होल्ड भएको विमानस्थलका वरिष्ठ अधिकृत धुव पाण्डेले जानकारी दिए।

‘विमानमा अरु कुनै समस्या देखिएर हैन काँक्रेविहार क्षेत्रमा देखिएको कुहिरोकै कारण ल्याण्ड हुन सकेन,’ पाण्डेले भने, ‘ल्याण्ड गर्ने क्रममा एप्रोच नमिल्दा विमान नेपालगञ्ज गएको हो।’ मौसम खुल्ने वित्तिकै नेपालगञ्जबाट विमान पुनः सुर्खेत विमानस्थलमा ल्याण्ड हुने उनको भनाइ छ।

सम्बन्धित समाचार : काठमाडौवाट सुर्खेत गएको बुद्ध एयरको जहाज अवतरण हुन सकेन, नेपालगन्ज फर्काइयो-के हो समस्या ? काठमाडौ । काठमाडौवाट सुर्खेतजान बुधबार बिहान उडेको बुद्ध एयरको जहाज त्यहाँ अवतरण हुन नसकेपछि नेपालगन्ज विमानस्थलमा अवतरण गराइएको छ।

मौसम खराबीका कारण सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगन्जमा अवतरण गर्नुपरेको सुर्खेत विमानस्थल स्रोतले जनाएको छ। सुर्खेतमा अवतरण हुन नसकेपछि नेपालगन्ज ल्याइएको बुद्ध एयरको जहाज मौसम सुध्रिएपछि पुनः उतै लगेर अवतरण गराइएको छ।

सुर्खेतका लागि लागि बुधबार बिहान ८ बजेतिर काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको यु ४–१३३ फ्लाइट नम्बरको जहाज सवा ९ बजे सुर्खेत पुगेको थियो। तर मौसम खराब भएका कारण त्यहाँ अवतरण हुन सकेन र जहाज नेपालगन्ज विमानस्थल ल्याएर अवतरण गराइयो। नेपालगन्जको विमानस्थलमा केही बेरको विश्रामपछि मौसम सुध्रिएकाले पुनः सुर्खेत लगेर जहाज अतवरण गराइएको त्यहाँको विमानस्थल स्रोतले जनाएको छ। जहाजमा चालक दलका ४ सदस्यसहित ४८ जना सवार थिए।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *