Thursday , October 28 2021
Breaking News
Home / समाचार / झरनामा नुहाउने क्रममा चिप्लिएर युवकको मृत्यु

झरनामा नुहाउने क्रममा चिप्लिएर युवकको मृत्यु

उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । उदयपुरको बेलका नगरपालिका-५ स्थित झरनामा नुहाउने क्रममा चिप्लिएर सो दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बेपत्ता भएका थिए । बेपत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो ।

खोजतलासका क्रममा उनको शव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ । प्रायः गर्मीको समयमा स्थानीयवासी र बाहिरबाट आउने युवायुवतीहरू उक्त दहमा पौडी खेल्ने गर्दछन् ।

पौडी खेल्ने क्रममा केहीको मृत्यु भइसकेको छ भने धेरै युवावुतीहरु घाइते भएर घर फर्कने गरेको स्थानीयहरू बताउँछन् ।

स्थानीयहरूका अनुसार बेलका नगरपालिकाले त्यस दहलाई पर्यटकीय स्थलको सूचिमा राख्दै आएको छ भने गर्मीको समय र बिदाको दिन ठूलो सङ्ख्यामा पौडी खेल्नहरु आउने गरेको छन् ।Nuwakot expess बाट साभार

अन्य समाचार : पल शाहद्वारा बिरामी कुरुवालाई घरमै गएर रू. १ लाख सहयोग( भिडियो हेर्नुहोस्) पछिल्लो समय समाजसेवाका विषयमा सरकार भन्दा पनी कलाकारबर्गहरु बढी सचेत भएको देखिन्छ । धुर्मुस सुन्तलि फाउन्डेसनले बनाएको नमुना बस्ती अनि बनाउदै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रीकेट रंगशालालाई मुख्य उदाहरणको रुपमा लिन सकिन्छ । यति मात्र नभएर अरु थुप्रै समाजसेवाका कामहरुमा पनि कलाकारहरुको सहभागिता उल्लेखनीय छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा उद्घाटित बिरामी कुरुवा घरमा आज नेपाली कलाकारिता क्षेत्रका गहना र रियल हिरोको ट्याग लागेका पल शाह सहयोगको भावनाले उक्त स्थानमा पुगेका छन । उनले यो ठाँउको अबलोकन पनि गरेका छन । अस्पतालमा बिरामी कुरुवाको लागि राम्रो सुबिधा नभएको भन्दै यो योजना अगाडि सरिएको हो ।

पल शाहले यो कार्य गर्ने ब्यक्तिहरुको सम्मान गरेका छन । उनले यसो भने ” सरकारले गर्नुपर्ने काम हो तर उहाँहरुले सुरुवात गर्नुभाको छ पक्कै पनि सरकारको आँखा खुल्ला यो कामले ।” निकै पुण्य को अनि धर्मको काम गरेको भन्दै निकै सम्मान गरे उनले यो कुरुवाघरको निर्माणकार्यमा निरन्तर खटिरहेका बिमलको ।

बिरामि कुरुवा घर भनेको के हो त्यो बुझ्नुपर्छ जनताले भन्दै उनले यसको महत्त्वबारे पनि दुइचार शव्द भने । यो कुरुवाघरका निर्माता बिमलले भने हस्पिटलको पेटिमा बिरामीकुरुवा देख्नु पर्दाको हृ’द’य’बि’दा’र’क दृश्यले उनको मन खाने कुरा पनि गरे । यो कुरुवाघरले बिरामी निको नहुन्जेल बिरामीकुरुवा बसेको र खाएको एक रुपैया नलिने कुरा पनि बिमलले बताए ।

बिमलले पलजि यहाँ नभए पनि उहाको साथ सदैब हुने कुरा मा बिश्वस्त रहेको पनि बताए । पल शाहको कामना भनेको नेपालभरिका मान्छेले यो कुरुवाघरको सेवा सुबिधा पाउन भन्ने रहेको छ । बिमलले भने पलले आफ्नो सुटिङको समय पर सारेर पनि समय दिएको बताएका छ्न । कामको पनि अबलोकन गरेका छन पलले यसका साथै उनले १ लाख रुपैया सहयोग पनि गरेका छन ।बाकी हेर्नुस तलको भिडियोमा

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *