Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / आकाशसँग छुट्टिएपछि पुष्पसँग जम्ला त पूजाको जोडी ? (भिडियो)

आकाशसँग छुट्टिएपछि पुष्पसँग जम्ला त पूजाको जोडी ? (भिडियो)

नायिका पुजा शर्मा र नायक पुष्प खड्काको पहिलो सहकार्य रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सरर’ बोलको दशैँ तिहार गीतमा गायिका रानी शाक्यले स्वर भरेकी छिन् । राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ ।

भिडियोमा पुजा र पुष्पले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन, विजयराज भुर्तेलको सम्पादन रहेको गीतमा देव धिमालको निर्देशन छ ।

नायिका पूजा शर्मा र नायक पुष्प खड्काले चलचित्र ‘अझै पनि’मा एकसाथ काम गरेका थिए तर यो चलचित्रमा एकसाथ काम गरेपनि यी दुइले पर्दामा रो मान्स भने गरेका थिएनन् ।

यो चलचित्रमा एकसाथ काम गरेपछि पूजा र पुष्पले चलचित्रमा सहकार्य गरेका छैनन् । यतिमात्र होइन, यी दुई म्युजिक भिडियोमा समेत सर्वाधिक व्यस्त हुँदा पनि एकसाथ काम गरेका छैनन् ।

गीतलाई संसारभरका विभिन्न डिजिटल प्लेटफर्महरूबाट पनि सँगै रिलिज गरिएको छ । रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन्। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिलेसम्म ५ दर्जनभन्दा बढी गीतहरू आइसकेका छन् ।

त्यस्तै नायक आकाश श्रेष्ठसँग छुट्टिएपछि पुष्पसँग जम्ला त पूजाको जोडी भनेर चर्चा भने सुरू भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गराैँ

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *