Thursday , October 28 2021
Breaking News
Home / रोचक / मोटरसाइकलमा सवार तीनजना युवकलाई जाँच गर्दा प्रहरी नै तिन छक्क

मोटरसाइकलमा सवार तीनजना युवकलाई जाँच गर्दा प्रहरी नै तिन छक्क

सिरहा नगरपालिका १५ बुधौरास्थित दशगजा क्षेत्रबाट मोटरसाइकलमा सबार तीनजना युवकलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बीआर ३२ एजी ५५११ नम्बरको मोटरसाइकलमा सबार सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ बस्ने १९ बर्षीय निकित कुमार छन् ।

उनीहरुको साथबाट नाइट्राभेट–१० नामक लागूऔषध ३ सय थान बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अन्य समाचार : नेपालको इतिहासमै पहिलो पटक २२ वर्षीया यी युवती, जो अत्यधिक मत ल्याएर कांग्रेसको केन्द्रीय राजनीतिमा पुगिन् काठमाडौं। नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत बाजुराबाट २२ वर्षीया युवती केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकि छन्। कांग्रेसको जारी महाभिवेशनबाट देशकै कान्छी केन्द्रीय महाधिवेशन प्रतिनिधिमारुपमा २२ वर्षीया रिता शाहीले चुनाव जितेकी हुन्।

कांग्रेसको राजनीतिसंगै सामाजिक अभियन्ताको रूपमा पनि क्रियाशिल शाहीले ६ सय २ मत ल्याएर विजयी भईन्। उनी नर्सिङ बढेकी युवती पनि हुन्। उनले बाजुरामा बाढीपहिरो पीडितका लागि देश तथा विदेशबाट सहयोग जुटाएकी थिईन्। उनले सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीपहिरोको क्षतिका बेला समेत राहत वितरण गरेकी थिइन् ।

भने उनले सुर्खेतमा बस्ने राउते समुदायका युवतीमाथि दुव्र्यहार हुँदा समेत न्यायका लागि खबरदारी गरेकी थिइन् । शाहीलाई यतिबेला धेरैले बधाई तथा शुभकामना दिएका छन्। केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेपछि उनले सामाजिक सञ्जालमा खुसीसमेत व्यक्त गरेकी छन्।

उनले फेशबुमा लेखेकि छन्– ‘आज जिवनमा ठुलो खुसी प्राप्त गरेको महसुस गरेकी छु। बिरामी भएर पुरै समय मतदान केन्द्रमा उपस्थित हुन नसक्दा पनि मलाई ६ सय २ मत दिएर महाअधिवेसन प्रतिनिधिमा प्रथम बनाउन सफल सम्पुर्ण क्षेत्रीय प्रतिनिधि ज्यूलाई हृदय देखि धन्यवाद। यो जीत मेरो भए पनि यसमा देन सम्पुर्ण प्रतिनिधि ज्यू’को छ।

About admin

Check Also

नदी बगरमा ३ जोडीबीच सहमतिमा शा’रीरिक सम्बन्ध, ५ जना थपिँदा घटनाले लियो अर्कै मोड

काठमाडौं: प्रहरीले सा’मूहिक ब,’लात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। असोज ३० गते ३ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *